अध्याय १८    श्लोक ५१ देखि ५५  सम्म

FacebookTwitterGoogle+Share

बुद्ध्या विशुध्दया युक्तो ध्रीत्यात्मानं नियम्य च ।

शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ।।५१॥

विविक्तसेवी लघ्वाशि यतवाक्कायमानस :।

ध्यानायोगपरो नित्यं वैराग्यं समुपाश्रित :।।५२॥

अहंकार बलं दर्पं  कामं क्रोधं परिग्रहम् ।

विमुच्य निर्मम: शान्तो ब्रह्मभुयाय कल्पते ।।५३॥

ब्रह्मभुत: प्रसन्नात्मा न शोचति न काङ्क्षति ।

सम: सर्वेषु भुतेषु मद्भक्तीं लभते पराम्  ।।५४॥

भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्वत: ।

ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ।।५५॥

 

भावार्थ: विशुध्दबुध्दिले युक्त सात्त्विक र नियमित आफ्नो शरीर इन्द्रियलाई वशमा राखेर श्ब्दादी रुप रस बिषयलाई परित्याग गरि राग आसक्ति र व्देष हटाएर धर्य गरी साधना गरियो भने ब्रह्म प्राप्त गर्न सक्षम भईन्छ । पवित्र स्थान ग्रहण गर्ने, हल्का खाना खाने, मन बचन शरीरलाई आफ्नो वशमा राखेर नित्य ध्यान र योगमा लिन भैरहने बैराग्य प्राप्त भएको मनुष्य नै योगी हुन्छ जो ब्रह्मतव प्राप्त गर्न सक्षम हुन्छ । अहङ्कार मिथ्याभिमान, बल शक्तिधाक घमण्ड काम क्रोध र सांसारिक पदार्थ संग्रह परित्याग गरि जो ममत्वभावना रहित भै शान्तभावले रहन्छ यस किसिमको व्यक्ति वा योगी ब्रह्ममा एकाकार हुन् योग्य हुन्छ । ब्र्ह्ममय भावमा स्थित भै प्रसन्न चित्त भएको योगी न कुनै कुरा प्रति शोक गर्छ न त कुनै बस्तुको आकाङ्क्षा राख्दछ । समस्त प्रानिहर्यमा सम्भाव राख्ने यस्तो व्यक्ति वा योगी मेरो परा सर्बोच्चभक्ति प्राप्त गर्दछ । त्यस पराभक्तिव्दारा  उसले म परमेश्वरलाइ “मा जस्तो छु” म जत्रो छु “र म जो छु ‘ जस्ताको तस्तै तत्वभावले जान्दछ र उसको त्यस भक्तिको प्रभावले तत्काल नै ममा प्रविष्ट अर्थात प्रवेस गर्छ । अर्थात उसको पराभक्ति र आत्मज्ञानको प्रभावले उ प्रब्र्ह्ममा एकाकार भी लिन हुन्छ ।


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273