अध्याय १८    श्लोक ४६ देखि ५० सम्म

FacebookTwitterGoogle+Share

यत: प्रवृतिर्भुतानां येन सर्वमिदं ततम् ।

स्वकर्मणा तमभ्यर्च्य सिध्दिं विन्दति मानव:।।४६॥

श्रेयान्स्वधर्मो विगुण: परधर्मात्स्वनिष्ठीतात् ।

स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।४७॥

सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् ।

सर्वारम्भा हि दोषेण धुमेनाग्निरिवावृता :।।४८॥

असक्तबुध्दि : सर्वत्र जितात्मा विगतस्पृह: ।

नैष्कर्म्यसिध्दिं परमां सन्न्यासेनाधिगच्छति ।।४९॥

सिध्दिं प्राप्तो यथा ब्रह्म तथाप्तोति निबोध मे ।

समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा  ।।५०॥

 

भावार्थ: जुन परमेश्वरव्दारा सम्पूर्ण प्राणीहरुको उत्पत्ति भएको छ र जसबाट यो सम्पूर्ण ब्रमाण्ड व्याप्त छ, आ आफ्नो स्वभाविक कर्मबिधिव्दारा परमात्माको पुजा अर्चना अनुष्ठान गरेर मानिसले परम्सिध्दी प्राप्त गर्दछन । राम्ररि अनुष्ठान गरिएको अरुको धर्म भन्दा त्रुटिपूर्ण वा  अपूर्णरुपमै भए पनि आफ्नै धर्म नै श्रेष्ठ हुन्छ । किनकि आफ्नो स्वभाव अनुसारको नियतले गरिएको स्वधर्मरूप कर्तब्यकर्म गर्नेलाई कहिल्यै पाप लाग्दैन । हे कुन्तिपुत्र अर्जुन ! जन्मसंगै उत्पन्न भएको सहज कर्म दोषयुक्त न भए पनि परित्याग गर्न हुदैन किनकि समस्त कर्महरु अग्निमा धुवा भएजस्तै कुनै न कुनै प्रकारले दोषयुक्त छन् । जसको बुध्दि सर्वत्र आसक्तिरहित छ । जसले आत्म वशमा छ सबै तृष्णा र कामनाहरु हटिसकेका छन् त्यस्ता आत्मबेत्ता मनुष्य सांख्ययोगसन्न्यासव्दारा निश्कर्मताको सिध्दी प्राप्त गर्दछन । हे कुन्ती पुत्र ! जो ज्ञानको परानिष्ठा छ जसले उल्लेखित सिध्दी प्राप्त गरेर जुन प्रकार मनुष्यले ब्रह्मलाइ प्राप्त गर्दछ । त्यो प्रकारलाइ तिमीले मबाट भालिभाती सुन र बुझ ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273