अध्याय १८    श्लोक ३६ देखि ४० सम्म

FacebookTwitterGoogle+Share

 

सुखं त्विदानीं त्रिविधं शृणु मे भारतार्षभ ।

अभ्यासाद्रमते यत्र दु :खान्तं च निगच्छति ।।३६॥

यत्तदग्रे विशमिव परिणामे अमृतोपमम् ।

तत्सुखं सात्त्विकं  प्रोक्तमात्मबुध्दिप्रसादजम् ।।३७॥

विषयेन्द्रियसंयोगाद्यत्तदग्रे अमृतोपमम् ।

परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ।।३८॥

यदग्रे चानुबन्धे  च सुखं मोहनमात्मन: ।

निद्रालस्यप्रमादोत्थं तत्तामासमुदाहृतम् ।।३९॥

न तंदस्ति पृथ्वीव्यां वा दिवी देवेषु वा पुन: ।

सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभि: स्यात्त्रिभिर्गुणै : ।।४०॥

 

भावार्थ: हे भरतबंशी ! अब सुख पनि तिन प्रकारका हुन्छन भन्ने कुरा म बाट सुन, जुन सुखमा साधकले अभ्यास व्दारा भजन ध्यान र सेवामा रमण गर्दछ र दुखको नास प्राप्त गर्दछ । जुन शुरुमा बिष समान लाग्छ परन्तु परिणाम स्वरुप अन्तमा अमृत सरह नै हुन्छ । आफ्नो बुध्दिको प्रसादबाट उत्पन्न भएको सुख नै सात्त्विक हो । जुन सुख बिषय र इन्द्रियको संयोगबाट उत्पन्न हुन्छ त्यो प्रारम्भमा अमृत सरह नै हुन्छ तर परिणाममा भने बिष जस्तै हुन् पुग्दछ । त्यसैले त्यो सुखलाइ राजस भनिएको छ । जुन सुख आरम्भ र अन्तसम्म आसक्ति भै आलस्य निद्रा र प्रमादबाट उत्पन्न भएको हुन्छ, त्यो सुख तामस हो । न पृथ्वीमा, न स्वर्गमा, न  त देवताहरुमा नै त्यस्तो प्राणी वा बस्तु छन, जो प्रकृतिबाट उत्पन्न सत्त्व, रज र तम यी तिन गुणहरुबाट मुक्त भएको होस।


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273