अध्याय १८    श्लोक २६ देखि ३० सम्म

FacebookTwitterGoogle+Share

 

मुक्तसङ्गो अनहंवादी धृत्युत्साहसमन्वित: ।

सिद्ध्यसिद्ध्योर्निर्विकार: कर्तासात्त्विक उच्यते ।।२६॥

रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोअसुचि :।

हर्षशोकान्वित: कर्ता राजस: परि किर्तित:।।२७॥

अयुक्त: प्राकृत: स्तब्ध: शठो नैष्कृतिकोअलस: ।

विषादी दिर्घसूत्री च कर्ता तामस उच्यते ।।२८॥

 

बुध्देर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु ।

प्रोच्यमानमशेषेण पृथक्त्वेन धनन्जय ।।२९॥

प्रवृतिं च निवृत्तीं च कार्याकार्ये भयाभये ।

बन्धं मोक्षं च या वेत्ति बुध्दि: सा पार्थ सात्त्विकी ।।३०॥

 

भावार्थ: जो कर्ताले भौतिकसंसर्ग, आसक्ति र अहङ्कार त्यागेको छ र जो त्यो कर्मबाट मुक्त छ । जो धर्य र उत्साहयुक्त छ जसले कार्यशिध्दी वा असिध्दि दुबैमा एकनास रहन्छ अबिचलीत रहनछ त्यस्तो कर्ता नै सात्त्विक भनिन्छ । जो कर्ता राग र आसक्तिले युक्त छ जो कर्मफल प्राप्तिको चाहना गर्दछ , जो लोभी पनि छ परपीडादायक, असुध्द र हर्ष शोकमा लिप्त छ त्यो राजस भनिएको छ । जो कर्ता युक्त र नालायक छ असभ्य , घमण्डी, कपटी धुर्त र अर्काका जीविकाको नास गर्नेवाला छ, जो अल्छी र दिर्घकालसम्म काम सम्पन्न गर्दैन । त्यस कर्तालाई तामस भनिएको छ । हे धनन्जय ! बुध्दिको भेद अनुसार बुध्दि र धृतिको पनी  

गुणको अनुसार तिन प्रकारका भेद छन । अब ति तिन प्रकारका भेद म बाट सम्पूर्णरुपमा विस्तार्पुर्बक सुन । हे अर्जुन ! जुन बुध्दिले कर्ममा लाग्ने नलाग्ने  प्रवृति र कर्तब्य अकर्तब्य को निवृत्ति योग्य अयोग्य र बन्धन र मुक्तिको यथार्थ जान्दछ त्यो नै सात्त्विकी हो ।


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273