अध्याय १८    श्लोक ६ देखि १०  सम्म

FacebookTwitterGoogle+Share

एतान्यपि तु कर्माणि सङ्गन् त्यक्त्वा फ़लानि च ।

कर्तव्यानिति मे प्रार्थ निश्चितं मतमुत्तमम् ।।६॥

नियतस्य तु सन्न्यास: कर्मणों नोपपद्यते ।

मोहात्तस्य परित्यागस्तामस: परिकिर्तित : ।।७॥

दु:खमित्येव यत्कर्म कायक्लेश भयात्त्यजेत् ।

स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ।।८॥

कार्यमित्येव यत्कर्म नियतं क्रियतेअर्जुन ।

सङ्गन् त्यक्त्वा फलं चैव स त्याग: सात्विको मत : ।।९॥

न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।

त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशय: ।।१०॥

 

भावार्थ: यज्ञ दान तपरुप कर्महरु पनि र सम्पूर्ण कर्तब्यकर्महरु पनी आसक्ति कर्मफलाको इच्छालाई त्यागेर गर्नु पर्छ भन्ने मेरो निश्चयात्मक उत्तम मत हो। निर्शिध्द र काम्यकर्म बाहेक नगरी नहुने नित्यकर्मको सन्न्यास वा परित्याग गर्ने कर्म उपयुक्त हुदैन । त्यसैले मोहका कारणले नियतवश कर्मत्याग गर्ने भनेको तामसत्याग भनिन्छ ।  जुन पनि कर्म छन ति सबै कठिन र दुख पुर्ण छन् , यस्तो सोचेर यदि शारीरिक क्लेशको(कष्ट ) डरबाट कर्तब्यकर्मलाई त्याग गरिन्छ भने त्यो कर्म राजसत्याग हो । यस्तो त्याग गरेर कुनु किसिमको फल प्राप्त हुदैन । हे अर्जुन ! जुन शास्त्रले भने मुताबिक नियत कर्म छ, र त्यो आफ्नो कर्तब्यकर्म हो भनि जानेर आशक्ति र फलको इच्छा त्याग गरेर गरिन्छ भनि त्यो त्याग नै सात्त्विक कर्म हो  । जो मनुष्य न अकुशल कर्मलाई व्देष तथा घृणा गर्छ, न त कुशल र कल्याणकारी कर्ममा नै आसक्ति हुन्छ । त्यो नै शुध्द सात्त्विक भावयुक्त व्यक्ति संशयरहित बुध्दिमान र सच्चा त्यागि हो ।


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273