अध्याय १६   श्लोक १६ देखि २०    सम्म

FacebookTwitterGoogle+Share

अनेकचित्तविभ्रान्ता मोहजालसमावृता : ।

प्रसक्ता: कामभोगेषु पतन्ति नरकेअशुचौ ।।१६॥

आत्मसंभाविता: स्तब्धा धनमानमदान्विता : ।

यजन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम् ।।१७॥

अहङ्कारं बलं दर्पं कामक्रोधं च संश्रिता:।

मामात्मपरदेहेषु प्रद्विषन्तोअभ्यसूयका : ।।१८॥

तानहं द्विषत: क्रुरान्संसारेषु नराधमान् ।

क्षिपाम्यजस्त्रमशुभानासुरीष्वेव योनिषु ।।१९ ।।

आसुरीं योनिमापन्ना मुढा जन्मनि जन्मनि ।

मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ।।२०॥

 

भावार्थ : यस प्रकारले विचारका अज्ञानबाट चित्त भ्रमित भएका मोहरुप जालमा फसेका,बिषयभोगमा आसक्तहुनेहरु आसुरी प्रवृतिका मनुष्य घोर नरकमा पर्दछन । आफुले आफैलाई ठुलो ठान्ने, ठाडो स्वाभाव भएको घमण्डी ब्यक्तिहरु धन र मानको मदले मैमत्त भएर पाखंडिपनाले शास्त्रीय विधि नपुर्याई नाम मात्रको यज्ञ गर्दछन । अहंकार, बल, घमण्ड, कामना र वासना क्रोधलाई अंगालेका अर्काको निन्दा गर्ने व्यक्ति आफ्नो र अरुको शरीरमा विराजमान म अन्तर्यामी परमात्मालाइ व्देष गरिरहेका  हुन्छन । परमात्माको निन्दा गर्ने ति क्रुरकर्मि, पापाचारि, र नराधमहरुलाई मैले आसुरी योनिमा नै बारम्बार फ्याकिदिन्छु । हे अर्जुन! आसुरी योनिमा जन्मलिन पुगेका मूढ प्राणीहरुले जन्मजन्मान्तर पनि मलाइ अर्थात परमात्मा लाइ पाउन सक्दैनन् । फेरिपनि अरु निच गतिमा पुग्दछन अर्थात घोर नरकमा पुग्दछन ।


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273