अध्याय १६   श्लोक ११ देखि १५ सम्म

FacebookTwitterGoogle+Share

चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिता :।

कामोपभोगपरमा एतावदिति निश्चिता : ।।११॥

आशापाशशतैर्बध्दा कामक्रोधपरायणा: ।

ईहन्ते कामभोगार्थमन्यायेनार्थसन्चयान् ।।१२॥

इदमद्य माया लाब्धमिमं प्राप्स्ये मनोरथम् ।

इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ।।१३।\

असौ मया हत: शत्रुर्हनिष्ये चापरानपि ।

ईश्वरोअहमहं भोगी सिध्दोअहं बलवान्सुखी ।।१४॥

आढ़योअभिजनवानस्मि कोअन्योअस्ति सदृशो मया ।

यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता ।।१५॥

 

भावार्थ :अपार चिन्ता नमरुन्जेलसम्म धारण गरेर बिषयबासनाको भोगमा  तल्लिन भैरहने व्यक्तिहरु यहि नै सुख हो भनि मान्नेवाला हुन्छन । हजारौ आशा र आकांक्षामा बाधिएर कामक्रोध परायण भै मानिसहरु बिषयभोगको तृप्तिलागि अन्यायपूर्ण  धन सम्पत्ति संग्रह गर्नको लागि उद्दत हुन्छन । तिनीहरुले सोच्ने गर्दछन कि आज मैले यो पनि प्राप्त गरे र अब मैले यो चिताएको कुरा पनि पुरा गर्नेछु । मसंग यति धन सम्पति छ र अरु पनि यो धन मेरै हुने छ । त्यो सत्रु मबाट मारियो र अरु सत्रुलाई पनि मैले नै मार्नेवाला छु । म नै इश्वर हुँ, म नै ऐश्वर्य भोगनेवाला हुँ, म सब सिद्धिप्राप्त परिपूर्ण छु, बलवान छु, शक्तिशाली र सुखी छु । म  धेरै धनाढ्य छु, ठुलो घरानियाको हुँ ,मेरो बराबर को अरु को छ ? म नै यज्ञ गर्छु, दान दिन्छु, मोजगर्छु र खुशी हुन्छु । भन्नेहरु घोर नरकमा पर्दछन ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273