अध्याय: १६, श्लोक ६ देखि १० सम्म

FacebookTwitterGoogle+Share

द्वौ भुतासर्गी लोकेअस्मिन्दैव आसुर एव च ।

दैवो विस्तरश: प्रोक्त आसुरं पार्थ मे शृनु ।।६॥

प्रवृत्तीं च निवृत्तीं च जना न विदुरासुरा : ।

न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ।।७॥

असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम्  ।

अपरस्परसम्भूतं किमन्यत्कामहैतुकम् ।।८॥

एता दृष्टिमवष्टभ्य नष्टात्मानोअल्पबुध्दय: ।

प्रभवन्त्युग्रकर्माण : क्षयाय जगतोअहिता:।।९॥

काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता : ।

मोहद् गृहित्वासदग्राहान्प्रवर्तन्तेअशुचिव्रता: ।।१०॥

 

भावार्थ : हे अर्जुन ! यस संसारमा एउटा दैविस्वाभाववाला र अर्काथरी आसुरी प्रकृति भएका दुइ प्रकारका मनुस्य हुन्छन जसमा दैवीप्रकृतिवालाको बारेमा बिस्तृत रुपमा तिमिलाई बताए हे अर्जुन अब आसुरी प्रवृति मनुष्यजन समुदायको बारेमा सुन भनेर भगवान भन्नुहुन्छ । आसुरी प्रकृतिका मानिसहरु कर्तब्य कर्म (प्रवृति) वा अनर्थ कर्म (निबृति), गर्न हुने काम र गर्न नहुने कामको बारेमा न जान्दछन न जानकार हुन् इच्छुक हुन्छन । न त शुध्दता न सदाचार न त् सत्य बचन नै हुन्छ । यिनमा । आसुरी प्रकृति भएका मानिसहरुले भन्दछन कि यो जगत असत्य छ, आश्रयरहित र निराधार र इश्वरहिन छ,  यो संसार स्त्री पुरुषको समागमले गर्दा उत्पन्न भएको हो र यो जगतको श्रीष्टि नारि र पुरुषको कामबासनाकै कारणले हो । यो भन्दा अरु कुनै छैन भनेर भन्दछन । यस्तो मिथ्या ज्ञानको अबलम्ब गरेर जसले आफ्नो स्वभाव नष्ट गरेको छ र यिनको बुध्दि भ्रष्ट भै अल्प मन्दबुध्दी भएका उग्रले कठोर भै जगत्कै अहित र अपकार कर्म गर्दछन र दुनियाकै बिनासको लागि उत्पन्न भएका हुन्छन । कहिले पुरा नहुने अपार कामना लिएर भोगासक्त भै घमण्ड, दम्भ, मान र मदले भरिएको अपवित्र भ्रष्ट आचरण भएका व्यक्तिहरु मोह अज्ञानबाट मिथ्या हठ आग्रह लिएर जगतमा विचरण गरिरहेका हुन्छन ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273