अध्याय १४  श्लोक १६ देखि २०  सम्म

FacebookTwitterGoogle+Share

 

कर्मण: सुकृतस्याहू: सात्त्विकं निर्मलं फलम् ।

रजसस्तु फलं दु;खमज्ञानं तमस: फलम् ।।१६॥

सत्तवात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।

प्रमादमोहौ तमसो भवतोअज्ञानमेव च ।।१७॥

उर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसा: ।

जघन्यगुणवृतिस्था अधो गच्छन्ति तामसा:  ।।१८॥

नान्यं गुणेभ्य : कर्तारं यदा द्रष्टानुपश्यति ।

गुणेभ्यश्च परं वेत्ति मद्भावं सोअधिगच्छति ।।१९।।

गुणानेतानतित्य त्रिन्देही देहसमुद्भवान् ।

जन्ममृत्युजरादु:खैर्विमुक्तोअमृतमश्नुते ।।२०।।

 

भावार्थ: सात्त्विक कर्मको फल सुखसम्बृध्दीले परिपूर्ण स्वच्छ र निर्मल हुन्छ । रजस कर्मफलले दुखलाई आकर्षण गर्दछ र तमस कर्मको फलले अज्ञान र अध्यारो तर्फ धकेल्दछ । सत्त्वगुणले ज्ञान उत्पन्न गर्दछ । राजस गुणले निसन्देह लोभ लालच पैदा गराउदछ र तमो गुणले प्रमाद अज्ञान र मुडता उत्पन्न गराउदछ ।

सत्त्वगुणलाइ अबलम्बन गर्ने मनुष्य माथि उठदछन, उच्च लोकमा पुग्दछन । रजोगुण  अबलम्बन गर्ने मनुष्य मध्यम भएर नै पृथ्विलोकमै रहन्छन । निद्रा आलस्य निच प्रवृति तमोगुणमा संलग्न मनुस्यहरु किटपतंग  पशु पंक्षी भै तल तिर झर्दछां । जुन समयमा द्रष्टाले तिन गुणहरु बाहेक अरु कसैलाई कर्ता देख्दैन र गुण देखिको परको तत्व सच्चिदानन्दघन परमात्मा तत्व मलाई जान्दछ ट समय मेरो स्वरुप भावलाई प्राप्त गर्दछ । जुन मनुष्यले यो शरीर उत्पत्तिको कारणरुप र यी तिन गुणहरुलाई अतिक्रमण गरेर त्यस भन्दा माथि उठछ त्यसले जन्म मृत्यु बुढापा र दुखबाट मुक्त भै शाश्वत अमृतमय परमआनन्द  प्राप्त गर्दछ ।


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273