अध्याय १४  श्लोक ११ देखि १५   सम्म

FacebookTwitterGoogle+Share

 

 

 

सर्वव्दारेषु देहेअस्मिन्प्रकाश उपजायते ।

ज्ञानं यदा यदा विद्याव्दिवृध्दं सत्त्वमित्युत ।।११॥

लोभ: प्रवृत्तिरारम्भ: कर्मणामशम : स्पृहा ।

रजस्येतानि जायन्ते विवृध्दे भरतर्षभ ।।१२॥

अप्रकाशोअवृत्तिश्च  प्रमादो मोह एव च ।

तमस्येतानि जायन्ते विवृध्दे कुरुनन्दन ।।१३॥

यदा सत्त्वे प्रवृध्दे तु प्रलयं याति देह्भुत् ।

तदोत्तमविदां लोकानमलान्प्रति पद्यते ।।१४॥

 

रजसि प्रलयं गत्वा कर्मसङ्गीषु जायते ।

तथा प्रलीनस्तमसि मुढयोनिषु जायते ।।१५॥

 

भावार्थ: यस शरीरको अन्त:करणमा  स्थित मन बुध्दि र ज्ञानमा, चेतना र विवेकशक्ति प्रकाश र  बोध जुन समयमा उत्पन्न हुन्छ सो समयमा सत्त्वगुण बढेको छ भनेर जान्नु । हे अर्जुन रजो गुण बढेमा सान्सारिरिक चेष्टा गतिविधि सकामकर्मको आरम्भ बिषय भोगको कामना, लालशा यी सबै उत्पन्न हुन्छन । हे अर्जुन ! तमोगुण बढेमा अन्तस्करण इन्द्रियामा अप्रकाश निस्कृयता, परमाद र मोह उत्पन्न हुन्छन । जब सत्त्वगुण बढिरहेको अबस्थामा मनुष्यको मृत्यु हुन्छ । त्यस बखत त्यो मनुष्य श्रेष्ठकर्म गर्ने ज्ञानीहरुको पबित्र दिव्य स्वर्गलाई प्राप्त गर्दछन । जसको रजोगुण बढेको बेलामा मृत्यु प्राप्त गर्दछ, कर्ममा आसक्त मनुष्यको जुनीमा जन्मन्छ । त्यसरी नै तमो गुण बढेको बेलामा मृत्यु बरण गरेको मनुष्य पशु पन्छी कित पतंग मुढ़योनिमा जन्मन पुग्दछ ।   

 

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273