अध्याय १४  श्लोक ६ देखि १०  सम्म

FacebookTwitterGoogle+Share

 

तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।

सुखसङ्गेन बाध्नाति ज्ञानसङ्गेन चानघ ।।६॥

रजो रागात्मकं विध्दितृष्णासङ्गसमुद्भवम् ।

तन्निबध्नाति कौन्तये कर्मसङ्गेन देहिनम् ।।७॥

तमस्त्वज्ञानजं विध्दि मोहनं सर्वदेहिनाम्  ।

प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत ।।८॥

सत्त्वं सुखे संजयति रज: कर्मणि भारत ।

ज्ञानमावृत्य तु तम: प्रमादे संजयत्युत ।।९॥

रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत ।

रज: सत्त्वं तमश्चैव तम: सत्त्वं रजस्तथा ।।१०॥

 

भावार्थ :

हे निष्पाप अर्जुन ति तिनै गुणहरु मध्ये निर्मल र स्वच्छ हुनाले सत्त्वगुण प्रकाश दिने उज्यालो र निर्विकार छ । यस प्रकार यसले जीवात्मालाई कर्मको फलको आनन्दका सुखप्रतिको आसक्त र ज्ञान सम्बन्धि आसक्तिसंग बाध्द्छ । हे अर्जुन ! रजोगुण रागमय र अनुराग प्रकृतिको हुन्छ जुन कामना र आसक्तिबाट उत्पन्न भएको हुन्छ । त्यसैले रजोगुणले कर्म र कर्मफलप्राप्तिको आसक्तिव्दारा जिवात्मालाई बाध्दछ । हे अर्जुन ! अज्ञानबाट उत्पन्न तमोगुणले अभिमान मोह र भ्रम उत्पन्न पैदा गर्दछ । त्यसले जिवात्मालाई बेहोसी, उन्माद, आलस्य र निद्राव्दारा बन्धनमा पार्दछ । हे अर्जुन ! सत्त्व गुणले सुख र आनन्द तर्फ लैजान्छ, रजोगुणले सकाम क्कर्मम्म प्रबृत गराउदछ । तमोगुणले बिबेक ज्ञान बुध्दिलाई ढाकेर

प्रमाद (बेहोसी) कर्तब्यकर्म बिपरित अभिप्रेरित गरेर लैजान्छ । हे अर्जुन ! रजोगुण र तमोगुणलाइ दमन गरेपछि मात्र सत्त्व गुणको बृध्दि हुन्छ । सत्त्वगुण र तमोगुणको दमन गरेपछि मात्र रजो गुणको प्रभाव बढदछ । त्यसरी नै सत्त्वगुण र रजोगुणलाइ दमन गरेर तमोगुण बढेर जान्छ र जिवात्मामा तमोगुणले प्रभुत्व जमाउदछ ।  

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273