अध्याय १४  श्लोक १ देखि ५  सम्म

FacebookTwitterGoogle+Share

भगवानुवाच

परं भूय: प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम् ।

यज्ज्ञात्वा मुनय: सर्वे परां सिध्दिमितो गता: ।।१॥

इदं  ज्ञानामुपाश्रितय मम साधर्म्यमागता: ।

सर्गेअपि नोपजायन्ते प्रलये न व्यथन्ति  च ।।२॥

मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।

सम्भव: सर्व भुतानां तातो भवति भारत ।।३॥

सर्वयोनिषु कौन्तेय मुर्तय: सम्भवन्ति या: ।

तासां ब्रह्म महद्योनिरहं बिजप्रद : पिता ।।४॥

सत्त्वं रजस्तम इति गुणा: प्रक्रितिसंभावा: ।

निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम्  ।।५॥

 

भावार्थ:भगवान श्री कृष्णजीले भन्नु हुन्छ , ज्ञानमा सर्वश्रेष्ठ परमात्मा परमज्ञान फेरी तिमीलाई बताउछु, त्यो ज्ञानलाइ जानेर प्राप्य गरेर सबै मुनिजनले यस लोकबाट मुक्ति पाउनुको साथै पर्म्सिध्दी प्राप्त गरेका छन् । यो ज्ञानको धारण गरेर मेरो स्वरुपलाइ प्राप्त गरेका महापुरुशहरु श्रीष्टिको प्रारम्भमा न त जन्मनु पर्दछ न अत प्रलयको अन्तमा बिनाश नै हुनु पर्दछ । हे अर्जुन ! म त्रिगुणमई प्रकृति माया मेरो योनि गर्भाधानको स्थान गर्भाशय हो । म त्यस महदब्रह्मरूप योनिमा चेतानरुप बिज स्थापना गर्दछु । त्यहि जडचेतनाको संयोगबाट सम्पूर्ण प्राणीहरुको उत्पत्ति हुन्छ । हे कुन्ती पुत्र समग्र योनिमा जति स्वरुपको प्राणीहरु उत्पन्न हुन्छन ति सबैको प्रकृति गर्भाधार्ण गर्ने आमा हुन् र म परमेश्वर बिज स्थापना गर्ने पिता हुम । हे अर्जुन ! प्रकृतिबाट उत्पन्न सत्व राज तम यी यी तिनै गुणहरुको अविनाशिनी जीवात्मालाइ शरीरमा नै बाध्दछ ।

 

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273