अध्याय १३ श्लोक २१   देखि २५ सम्म

FacebookTwitterGoogle+Share

 

 

पुरुष: प्रकृतिस्ठो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।

कारणं गुणसङ्गोअस्य सदसद्योनिजन्मसु   ।।२१ ।।

उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वर : ।

परमात्मेती चाप्युक्तो देहेअस्मिन्पुरुष : पर: ।।२२॥

 

य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणै : सह ।

सर्वथा वर्तामानोअपि न स भूयोअभीजायते ।।२३॥

ध्यानेनात्मनि पश्यान्ति केचिदात्मनमात्मना ।

अन्य साङ्ख्येन योगेन कर्मयोगेन  चापरे ।।२४॥

अन्य त्वेवमजानन्त श्रुत्वान्येभ्य उपासते ।

तेअपि चातितारन्त्येव मृत्युं श्रुतिपरायाणा :।।२५॥

 

भावार्थ : प्रकृतिमा स्थित जिवात्माले नै प्रकृतिबाट  उत्पत्ति त्रिगुणात्मक पदार्थलाई भोग्दछ । हरेक मनुष्यका  यी गुणहरुको आसक्तिका बस्तु वा जीवात्माको राम्रो वा नराम्रो योनिमा  जन्म हुनुको कारण भएको हुन्छ । यस सरिरमा स्थित आत्मरूप नै परमेश्वर हुनुहुन्छ । जो साक्षी “उपद्रष्टा’ भएर पनि यथार्त अनुमति दिने हुदा अनुमन्ता, सबैको भरण पोषण गर्ने हुदा भर्ता, सुख दुख बोगगारने हुदा भोक्ता सबैका महान इश्वर भएकाले महेश्वर परम आत्मा भनिएको छ । जो मनुष्य यसप्रकार प्रकृतिका तिनै तत्व गुणहरुलाई बुझ्दछ त्यो मनुस्य सबै प्रकारले कर्म गरिरहेर पनी फेरी जन्मनु पर्दैन र मुक्ति प्राप्त गर्दछ । कतिपय साधकहरु आफ्नो ध्यानले आफ्नो आत्मालाई  शुध्दी गरेर हृदयमा परमात्मालाई साक्षात्कार गर्दछन । अन्य केहि साधकहरुले ज्ञान योगव्दारा आत्माको दर्शन गर्दछन भने कसैले कर्मयोगको साधनाले आत्मालाइ प्राप्त गर्दछन । अर्का थरि साधकहरु यी सबै योगलाई नजानेर पनि अरु ज्ञानी जनबाट सुनेर उपासना गर्दछन र कर्तब्य परायण भै कर्म गर्दछन भने पनि ती यस भव सागरबाट तर्न सक्दछन ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273