अध्याय १३ श्लोक १६  देखि २० सम्म

FacebookTwitterGoogle+Share

 

 

अविभतं च भुतेषु विभक्तमिव च स्थितम् ।

भूतभर्त्री च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।।१६॥

ज्योतिषामपि तज्ज्योतिस्तमस: परमुच्यते ।

ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।।१७॥

इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासत :।

मद्भक्त एतव्दिज्ञाय मद्भावायोपपध्यते ।।१८॥

प्रकृतिं पुरुषं चैव विध्दय्नादी उभावपि ।

विकारांश्च गुणांश्चैव विध्दि प्रकृतिसम्भवान् ।।१९॥

कार्यकरणकर्तृत्वे  हेतु: प्रकृतिरुच्यते ।

पुरुष: सुखदुखानां भाक्तृत्वे हेतुरुच्यते ।।२०॥

 

भावार्थ : परब्रह्मा परमेश्वर विभक्त नभई एक रुपले आकाशमा आभा सदृश्य परिपूर्ण भएर पनि सम्पूर्ण प्रानिजगतमा विभक्त रुपमा भिन्न भिन्न भै स्थित हुनुहुन्छ । त्यसरी नै जान्नेयोग्य परमात्मा सृष्टिकर्ता, पालन पोषण गर्ने बिष्णु, र संहार गर्ने रुद्ररूपमा एक्लै भएर पनि  तिन रुपमा रहनुहुन्छ । ज्ञेयस्वरुप परब्रह्मा ज्योतिरुपको पनि ज्योति हुनुहुन्छ । उहाँ अन्धकारबाट धेरै पर हुनुहुन्छ । माया बाट परहुनुको साथै बोधस्वरुप जान्नेयोग्य तत्वज्ञानबाट प्राप्त गर्न सकिने र सबैको हृदयमा बिशेष रुपले स्थित रहनुहुन्छ । यस प्रकार क्षेत्र, ज्ञान र ज्ञेय स्वरुप परमात्माको संक्षेपमा बताइएको छ । मेरा भक्तले यस तत्वलाइ बुझेर  मेरो भाव र स्वरुपलाई प्राप्त गर्दछन । प्रकृति र पुरुष यी दुबै अनादि काल देखि निरन्तर छन् । राग व्देष सुख दुखादी बिकारहरु र त्रिगुनात्मक सम्पूर्ण पदार्थ पनि प्रकृतिबाटै उत्पन्न भएको जान । कार्य(आकाश, वायु, जल, र पृथ्वी, शब्द, स्पर्श , रुप रस गन्ध), करण ( बुध्दि , अहंकार, मन, श्रोत्र, त्वचा, रसना, नेत्र, घ्राण, वाक हस्त पाद, उपस्थ, र गुदा यिनी १३ का नाम करण भनिन्छ ।) यीनलाई  उत्पतिका गराउने प्रकृति हो भने यसबाट उत्पन्न हुने सुख दुखादी भोक्ता जीवात्मा हो ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273