अध्याय १३ श्लोक ११   देखि १५ सम्म

FacebookTwitterGoogle+Share

 

 

अध्यात्मज्ञाननित्यत्वं तत्वज्ञानार्थदर्शनम् ।

एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यादतोअन्यथा ।।११॥

 

ज्ञेयं यत्तत्प्रवक्ष्यामी यज्ज्ञात्वामृतमष्नुते ।

अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्येते ।।१२॥

 

सर्वत: पाणिपांद तत्सर्वतोअक्षिशिरोमुखम् ।

सर्वत: श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ।।१३॥

 

सर्वेन्द्रियगुणाभांस सर्वेन्द्रियविवर्जितम् ।

असक्तं सर्वभ्रीच्चैव निर्गुणं गुणभोक्त्री  च ।।१४॥

 

बहिरन्तश्च भुतानामचरं चरमेव  च ।

सुक्ष्मत्वात्तदवीज्ञेयं दुरस्थं चान्तिके च तत् ।।१५॥

 

भावार्थ : अध्यात्मसम्बन्धि ज्ञानमा निरन्तर लागिरही, प्रकाशमय तत्वज्ञान अर्थरूप परमात्माको साक्षात्कार गर्नुलाई नै ज्ञान भनिन्छ ।  सो को बिपरित वा भिन्न अज्ञान हो भनिएको छ । जो जान्न योग्य छ जसलाई जानेपछि मनुष्यले अमृततत्व परमानन्दलाइ प्राप्त गर्दछ । जो अनादिकालवाला परमब्रह्म न त अस्तित्वमा छ न त अस्तित्व बिहिन छ । जसका हातपाउहरु सबैतिर फैलिएका छन, आँखा शिर र कानहरु सबैतिर छन् किनकि ज्ञेय परब्रह्म सबैमा व्याप्त भएर रहनु भएको छ । त्यो ज्ञेय परब्रह्मतत्व सम्पूर्ण इन्द्रियहरुका बिषयलाई जान्नेवाला र इन्द्रियामा रहेर पनि इन्द्रियरहित छ र आसक्तिरहित  भएर पनि सबैलाई पालन पोषण गर्नेवाला छ र निर्गुण भएर पनि गुणहरुलाई भोग्दछन । ज्ञेय परब्रह्म परमात्मा सबै प्राणीहरुमा भित्र बाहिर व्याप्त हुनुहुन्छ । जो चल र अचल भएर बस्नुहुन्छ , जो अति सुक्ष्म भै अन्त्यन्त नजिक र अन्तन्तै टाढा रहनुहुन्छ । तिनै नै परमात्मा हुनुहुन्छ ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273