अध्याय १३ श्लोक ६  देखि १० सम्म

FacebookTwitterGoogle+Share

 

 

इच्छा व्देष: सुखं दु:खं सङ्घातश्चेतना धृति :।

एतात्क्षेत्रन् समासें सविकारमुदाहृतम् ।।६॥

अमानित्वमदम्भित्वमहिंसा  क्षान्तिरार्जवम् ।

आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रह:।।७॥

इन्द्रियार्थेषु        वैराग्यमनहंकार एव च ।

जन्ममृत्युजराव्याधिडदु:ख दोषानुदर्शानम् ।।८॥

आसक्तिरनभिष्वङ्ग :       पुत्रदारगृहादिषु ।

नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ।।९॥

मयि  चानन्ययोगेन भक्तिरवीभिचारिणी ।

विविक्तदेश्सेवित्वमरतिर्जनसंसदि    ।।१० ।।

 

भावार्थ : इच्छा व्देष, सुख, दुख, स्थुल सरिर संघात चेतना, यसबाट धारण गरिएको बिकार हुन, यसरी विकार सहित क्षेत्रका बारेमा संक्षेपमा बताइयो । बडप्पनको अभिमान नहुनु, छलकपट र ढोगी नहुनु र कसैको कुनै किसिन्मको हिँसा नगर्नु, कसैलाई नसताउनु,  क्षमाशील बन्नु, सरल बन्नु गुरुको सेवा गर्नु, भित्र बाहिर अन्त:स्करण शुध्दी स्थिरता र मन इन्द्रियहरुसहित निग्रह हुनु, इन्द्रियका बिशयहरुमा वैराग्य हुनु, भोगबिलाशमा आसक्त नहुनु, अहंकाररहित र जन्म मृत्यु जरा बुढ्याई र रोग दुख र दोशहरुमा बिचार गर्नु, पुत्र, स्त्री, घर र धन सम्पत्ति प्रियजनामा आसक्तिरहित हुनु, ममत्वभाव राखी त्यसैमा आसक्त नबन्नु, प्रिय र अप्रिय कुरा प्राप्तिमा सम भाव हुनु, म मा बाहेक अन्त  कतै नलागी अनन्य भक्ति गर्दै बिचलित नभई निरन्तर भक्ति गर्नु, शुध्द र एकान्तस्थानमा निबास गर्नु बिषयगत आसक्तियुक्त मान्छेमा प्रेम नगर्नु, यी सबै ज्ञानका साधनहरु हुन ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273