अध्याय १२ श्लोक ११   देखि १५ सम्म

FacebookTwitterGoogle+Share

 

अथैतदप्यशक्तोअसि कर्तुं मद्योगमाश्रीत:।

सर्वकर्मफलत्यागं तत : कुरू यातात्मवान् ।।११॥

श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाध्द्यानं विशिष्यते ।

ध्यानात्कर्मफलात्यागस्त्यागाच्छान्तिरनन्तरम्  ।।१२॥

अव्देष्टा सर्वभुतानां मैत्र: करुण एव च ।

निर्ममो निरहंकार: समदु:खसुख: क्षमी ।।१३॥

सन्तुष्ट: सततं योगी यातात्मा दृढनिश्चय :।

मय्यर्पितमनोबुध्दिर्यो मभ्दक्त: स मे प्रिय : ।।१४॥

यस्मान्नोव्दिजते लोको लोकान्नोव्दिजते च य ।

हर्षामर्षभयोव्देगैर्मुक्तो य: स च मे प्रिय : ।।१५॥

 

भावार्थ: यदि मेरो अनुभुती हुने योगमा आश्रीत भै यस्तो साधना गर्न असमर्थ छौ भने मन बुध्दिमा संयम भै समस्त कर्मफलपरित्याग गरि निष्काम कर्म गर । मर्मलाई नजानेर गरिने अभ्यास भन्दा ज्ञान श्रेष्ठ हो । ग्यान भन्दा मेरो उपासना रुप ध्यान श्रेष्ठ छ । कर्मफल्को त्याग अझ ध्यान भन्दा पनि विशिष्ट हुन्छ । यस्तो त्यागबाट तत्काल  नै परम शान्ति प्राप्त हुन्छ । जो मनुष्य समस्त जगत प्रति व्देश गर्दैन, जो सबैमा मित्र भाव राख्दछ, जो दया करुणा ले परिपूर्ण छ । जो अहंकार रहित छ सुख दुखमा समभाव छ र क्षमावान जो मनुष्य सदा सन्तुष्टि नित्य तृप्ति रहन्छ जसको आत्मा संयमित छ, जसले मन बुध्दि मेरो लागि अर्पण गरेको छ र त्यो अर्पण गरेको मन बुध्दिवाला भक्त मेरो प्रिय छ ।जसबाट कोइ प्राणि दिक्क हुदैन अरुलाई पिडा दिदैन जो यो जगतबाट बिरक्त पनि हुदैन जो भक्त हर्ष, भय, र डा हा, इर्श्या र बिषाद, निरास र चिन्ताबाट मुक्त छ त्यो भक्त नै मेरो प्रिय हो ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273