अध्याय ११  , श्लोक ३२   देखि ५५ सम्म

FacebookTwitterGoogle+Share

अध्याय ११  , श्लोक ३२   देखि ५५ सम्म

 

आख्याहि मे को भावानुग्ररुपो नमोस्तुनमोअस्तु ते देववर प्रसिद।

विज्ञातुमिच्छामि भवन्तमाध्यंन हि प्रजानामि तव प्रवृत्तिम् ।।३१॥

 

श्री भगवानुवाच

कालोअस्मी लोकक्षयकृत्पवृध्दो लोकांसमाहर्तुमिह  प्रवृत्त : ।

ऋतेअपि त्त्वां न भविष्यन्ति सर्वे येअवस्तिथा: प्रत्यनीकेषु योद्धा:।।३२॥  

तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व जित्वा शत्रुन्भुङ्क्ष्वा राज्यं समृध्दम्  ।

मयैवैते निहता : पुर्वमेव निमित्तमात्रं भव सव्यसाचिन् ।।३३॥

 

द्रोणं च भिष्मं च जयद्रथं च कर्ण तथान्यानपि योधविरान् ।

माया हतांस्त्वं जहि मा व्यथिष्ठायुध्यस्व जेतासि रणे सपत्नान् ।।३४॥

 

संजय उवाच

एतच्छुत्वा वचनं केशवस्य कृतान्जलिर्लेपमान: किरिटी ।

नमस्कृत्वा भूय एवाह कृष्णसगग्ददं भीतभीत : प्रणम्य ।।३५॥

 

अर्जुन उवाच

स्थाने हृषीकेश तव प्रकिर्त्या जगत्प्रहृष्यत्यनुरज्यते च ।

रक्षान्सि भीतानि दिशो द्रवन्ति सर्वे नमस्यन्ति च सिध्दसङ्घा ।।३६॥

 

कस्माच्च ते न नमेरन्महात्मन् गरियसे ब्रह्मणोअप्यादिकत्रे ।

अनन्त देवेश जगन्निवास त्वमक्षरं सदसात्तात्परं यत् ।।३७॥

 

त्वमादिदेव: पुरुष: पुराणस्त्वमस्य विश्वस्य परं निधानम् ।

वेत्तासि  वेध्यं च परं च धाम त्वाया ततं विश्वमनन्तरुप ।।३८॥

 

वायुर्यमोअग्निर्वरुण: शशाङ्क : प्रजापतिस्त्वं प्रपितामहश्च ।

नमो नमस्तेअस्तु सहस्रकृत्व : पुनश्च भूयोअपी नमो नमस्ते ।।३९॥

 

नम : पुरस्तादथ पृष्ठतस्ते नमोअस्तु ते सर्वत एव सर्व ।

अनन्तविर्यामितविक्रमस्त्वंसर्वं समाप्नोषी ततोअसी सर्व: ।।४०॥

 

सखेति मत्वा प्रसभं यदुक्तंहे कृष्ण हे यादव हे सखेति ।

अजानता महिमानं तवेदंमया प्रमादात्प्रणयेन वापि  ।।४१॥

 

यच्चावहासार्थमसत्कृतोअसि विहारशय्यासन भोजनेषु ।

एकोअथवाप्यच्युत तत्समक्षंतत्क्षामये  त्वामहमप्रमेयम् ।।४२॥

 

पितासि लोकस्य चराचरस्य त्वमस्य पूज्यश्च गुरुर्गरियान् ।

न त्वत्समोस्त्यभ्यधिक: कुतोन्योलोकत्रयेअप्यप्रतिमप्रभाव ।।४३॥

 

तस्मात्प्रणम्य प्रणिधाय प्रसादये त्वामहमिशमिड्यम् ।

पितेव पुत्रस्य सखेव सख्यु: प्रिय प्रियायार्हसि देव सोढुम् ।।४४॥   

 

अद्रृष्टपुर्वं हृषीतोअस्मि दृष्ट्वा भयेन च प्रव्यथितं मानो मे ।

तदेव मे दर्शय देवरुपं प्रसिद् देवेश जगन्निवास ।।४५॥

 

किरिटिनं गदिनं चक्रहस्तमिच्छामि त्वां द्रष्टुमहं तथेव ।

तेनेव रुपेण चतुर्भुजेन सहस्रबाहो भव विश्वमुर्ते ।।४६॥

 

श्री भगवानुवाच

माया प्रसन्नेन तवार्जुनेदं रुपं परं दर्शितमात्मयोगात् ।

तेजमयं विश्वमनन्तमाध्यं यांमे त्वदन्येन न दृष्टपूर्वम्  ।।४७॥

 

न वेदयज्ञाध्ययनैर्न दानैर्न च क्रियाभिर्न तपोभिरुग्रै: ।

एवंरुप: शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर ।।४८॥

 

मा ते व्यथा मा च विमुढभावोदृष्ट्वा रुपं घोरमिदृडममेदम् ।

व्यपेतभी: प्रितमना: पुनस्त्वंतदेव मे रुपमिदं प्रपश्य ।।४९॥  

 

संजयवाच

इत्यर्जुनं वासुदेवस्तथोक्त्वा स्वकं रुपं दर्शयामास भूय: ।

आश्वासयामास च भितमेनं भुत्वा पुन : सौम्यवपुर्महात्मा ।।५०॥

 

अर्जुन उवाच

दृष्ट्वेदं मानुष रुपं तव सौम्यं जनार्दन ।

इदानीमस्मी संवृत: सचेता: प्रकृतीं गत:।।५१॥

 

श्री भगवानुवाच

सुदुर्दर्शमिदं रुपं दृष्टवानसि यन्मम ।

देवा अप्यस्य रुपस्य नित्यं दर्शनकांक्षीण :।।५२॥

 

नाहं वेदैर्न तपसा न दानेन न चेज्यया ।

शाक्य एवंविधो द्रष्टुं दृष्टवानसी मां  यथा ।।५३॥

 

भक्त्या त्वनन्यया शक्य अहमेवंविधो अर्जुन ।

ज्ञातुं द्रष्टुं च तत्वेन  प्रवेष्टुं च परन्तप ।।५४॥

 

मत्कर्मकृन्मत्परमो मभ्दक्त: सङ्गवर्जित: ।

निर्वैर: सर्वभुतेषु  य: स मामेति पाण्डव ।।५५॥

 

ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे विश्वरुपदर्शनयोगो नामैकादशो अध्याय:।।११॥  

 

अर्जुन बिन्ति गर्नुहुन्छ : उग्ररुप धारण गर्ने  हजुर को हुनुहुन्छ ? मलाइ बताई बक्सियोस । हे देवताका देव हजुरलाई नमस्कार छ । तपाइँ प्रसन्न हुनुहोस । आदिपुरुष हजुरलाई बिशेषरुपमा जान्न चाहन्छु । किनकि मैले हजुरको प्रवृतिलाई जानेको छैन ।भगवान श्री कृष्णले भन्नु भयो : म लोकलाई नास गर्ने बिकराल महाकाल हुँ । अहिले म सारा लोकलाई संहार गर्न लागि रहेको छु । त्यसैले जो यो रणभूमिमा स्थित प्रतिपक्षी योध्दा छन् ति सबै तिमीबिना पनि रहने छैनन् । तिमीले युध्द नगरे पनि यिनीहरुको नाश हुनेछ । त्यसैकारण तिमि युध्दको लागि खडा होउ र यश प्राप्त गरेर सत्रुलाई क्षय गरि धन धान्यले सम्पन्न राज्यको भोग गर । यी सब सुरबीर पहिले नै म बाट  मारिसकेका छन् । हे सव्यसाची तिमि अब केवल निमित्त मात्र होउ । द्रोणाचार्य, भिष्मपीतामह तथा जयद्रथ र कर्ण र अन्य बिरयोध्दाहरुलाई बध गर जो मबाट मारीइ सकेका छन् । नडराउ ब्याकुल पनि नहोउ युध्दमा निश्चय जित्ने छौ त्यसैले युध्द गर ।

संजयले बिन्ति गर्नुहुन्छ : केशब भगवानको यो बचन सुनिसकेपछि काँपिरहेका मुकुटधारी अर्जुनले हात जोडेर नमस्कार गरे । फेरी पनि डराई डराई झुकेर प्रणाम गरि श्रीकृष्ण समक्ष गदगद भै भगभग बोलीले अर्जुनले बिन्ति गर्नु भयो । हे अन्तरयामी भगवान सारा जगत नै हजुरको नाम गुण र प्रभावले किर्तन बाट आनन्द बिभोर भै हर्षित भैरहेका छन्, प्रेममा अनुराग प्राप्त भैरहेका छन् । डराएका राक्षसगणहरु चारै तर्फबाट भागि रहेका छन् र सम्पूर्ण सिध्द पुरुषहरु हजुरलाई नमस्कार गरिरहेका छन् । हे महात्मन  हजुर जस्तो ब्रह्माको पनि आदिश्रष्टालाइ यिन जनहरुले किन नमस्कार नगरुन । किनकि हे अनन्त हे देवाधिपति हे जगन्निबास हजुर नै सत असत, त्यो भंदा पनि परम अनश्वर अक्षर तत्व छ, त्यो पनि हजुरनै हुनुहुन्छ । हजुरनै आदिदेव श्रीष्टीकर्ता र सनातन पुरुष हुनुहुन्छ ।

हजुर नै यस संसारको परम आधार र आश्रय हुनुहुन्छ । हजुर नै जान्न योग्य, हजुर नै परम धाम हुनुहुन्छ । हे अनंतरुप भगवान यो सारा जगत हजुरबाटै  परिपूर्ण र व्याप्त छ । हे बिश्वेस्वर , हजुरनै बायु, यमराज, वरुण, चन्द्रमा, प्रजापति ब्रह्मा र हजुर नै परपीतामह हजुरनै । हे परमेश्वर यस्ता हजुरलाई हजार बार नमस्कार छ । हजुरको लागि बारम्बार नमस्कार गर्दछु । हे अनन्त शक्ति सम्पन्नवाला परमेश्वर हजुरलाई अगाडी र पछाडिबाट नमस्कार छ हे सर्बेश्वर हजुरलाई सबैतिरबाट नमस्कार छ । किनकि हजुर अनन्त पराक्रमशालि र समस्त जगतमा व्याप्त हुनुहुन्छ, त्यसैले हजुर नै सर्ब स्वरुप हुनुहुन्छ । हजुरको यो महिमा र प्रभाव लाइ नजानेर  मैले हजुरलाई मित्र साथि मानेर प्रेमले होस् वा प्रमादले होस् हे कृष्ण हे यादव हे साथि भनेर बिनासोचे बिचारी जे जति भने त्यो क्षमा चाहन्छु । यसैगरि घुमफिर गर्दा होस् या कुनै खेलमा होस् ठट्टा जिस्किदा होस् बस्दा उठ्दा सुत्दा खादा होस् वा अगाडी पछाडी अन्यको सामुन्ने अपमानित गरेको हुन् सक्छु । मैले हजुरलाई अपमान गरेको छु भने हे अच्युत त्यसको लागि म अप्रमेयस्वरूप हजुरसँग क्षमायाचना गर्दछु ।

हजुर यस चराचर जगतको पिता हुनुहुन्छ । सबैभन्दा ठुलो गुरु हुनुहुन्छ र पुजनीय हुनुहुन्छ । अनुपम प्रभावशाली अतुलनीय तुलना गर्ने नमिल्ने तिनै लोकमा अर्को कोइ छैन फेरी हजुर भन्दा बढी को नै हुन् सक्छ ! त्यसैकारण हे इश्वर म आफ्नो सरिर झुकाएर साष्टांग प्रणाम गर्दै आराधाना गर्ने योग्य परमेश्वर हजुरको प्रसंन्नाताको लागि प्रार्थना गर्दछु । पिताले पुत्रको झैँ, साथिले साथीको झैँ, पतिले आफ्नी प्रिय पत्नीको गल्ति सहन गरे जस्तै हे देव प्रभु हजुरले मलाइ आफ्नो प्रिय शिष्य सम्झी अपराधलाइ सहन गरिदिनुस । पहिले कहिल्यै नदेखेको यो आश्चार्यमय रुपलाई देखेर दर्शन पाएर म प्रसन्न र हर्षित भएको छु । साथै डरले मेरो मन पनि कापिरहेको छ । त्यसैले हे प्रभु मलाइ त्यही चतुर्भुज स्वरुप नै दर्शन गराइबक्सियोस । हे जगन्नाथ हे देवताका स्वामी प्रसन्न हुनुहोस । शिरमा मुकुट धारण गरेको हातमा गदा तथा चक्र लिएको म त्यसै रुपमा दर्शन गर्न चाहन्छु । त्यसैले हे बिस्वस्वरुप  हे हजार हात भएका भगवान हजुर उही चतुर्भुज रुपमा प्रकट होइबक्सियोस । भगवान ले भन्नुहुन्छ : हे अर्जुन मैले प्रसन्न भएर अनुग्रह पुर्बक मेरो आफ्नो परम योगशाक्तिको प्रभावले दिव्य योगशाक्तिबाट तीमिलाई देखाएको छु । जुन रुप तेजोमय छ, बिश्वब्यापक र सार्वभौम छ अनन्त असिम छ जसलाई तिमीले भन्दा अगाडी कसैले देखेको छैन । हे अर्जुन मनुष्यलोकमा तिमीबाहेक यसप्रकारको विश्वरूप न त बेद, न त् यज्ञहरुको अध्ययनले न दानले, न कर्मको अनुष्ठानले, न उग्र तपले नै यस्तो बिराट स्वरुप तिमि बाहेक अरुमा नै देखिन सक्दछु । मेरो यसप्रकारको बिकराल रुपलाई देखेर तिमीलाई भय र व्याकुलता नहोस र मुढ़भाव पनि नहोस । तिमि भय मुक्त भै प्रेम पुर्बक प्रसन्न भएर मेरो शंख चक्र गदा पद्मयुक्त चतुर्भुज रुपलाई फेरी दर्शन गर ।

संजयले भन्दछन :  भगवान बासुदेव कृष्णले अर्जुनलाई यसप्रकार भन्दै फेरी आफ्नो त्यो चतुर्भुज रुपलाई दर्शन गराउनु भयो । पुन महान आत्मा भएका श्रीकृष्णजीले आफ्नो सौम्य सुन्दर शान्त भै कृष्णको रुप धारण गरि भयभित अर्जुनलाई सान्त्वना दिनुभयो । अर्जुनले भने : हे जनार्दन हजुरको सौम्य एवं शान्त मनुश्यरूपलाइ देखेर अब म स्थिर भै आफ्नो स्वभाविक स्थितिमा पुगेको छु ।  

भगवानले भन्नुहुन्छ : जुन रुपको दर्शन पाउन अन्त्यन्त दुर्लभ छ त्यहि रुप तिमीले देखेका छौ । यो सुदर्शन हो देवता पनि यो रुप दर्शनको लागि इच्छुक भैरहेका हुन्छन । तिमीले मलाइ जस्तो रुपमा देख्यौ यस प्रकारको चतुर्भुज रुप न बेद अध्ययन व्दारा, न तपस्याले, न दानले र न यज्ञबाट देख्न सकिन्छ । हे शत्रुतापन अर्जुन अनन्य चित्तभक्तिबाट  नै यस प्रकारको चतुर्भुजरुप भएको मलाइ तत्व पुर्वक जान्न, देख्न र प्रवेश गर्नको लागि एकोभावबाट प्राप्त हुन सक्छु । जो पुरुष म बासुदेवका लागि कर्म गर्दछ जसको परम गति नै म छु जो मेरो भक्ति गर्छ जो आसक्तिरहित छ, जो समग्र प्रानि जगतसंग बैरभाव गर्दैन, हे पान्डूपुत्र त्यस्ता मनुष्यले अबस्य मलाइ पाउदछ । ।

 

ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे विश्वरुपदर्शनयोगो नामैकादशो अध्याय:।।११॥  


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273