अन्तराल

FacebookTwitterGoogle+Share

फरक

गाउघरमा अनपढ युवाहरु गाइ चराउन जान्छन

शहरका शिक्षित बनेका  युवा कुकुर डुलाउछन

 

गाउमा जिवन गुजारा गर्न लागि गाइ पाल्छन

शहरमा शान शौकतको लागि कुकुर पाल्छन

 

गाउघरमा कुकुरहरु छाडा छोडिएका हुन्छन

शहरमा गाउबस्तु सडकमा छाडा  छोडीन्छन

 

गरिब असाय बालबालिका बालआश्रम बस्छन

धनीका बाबुआमा अचेल बृध्द आश्रम बस्छन

 

थुप्रै अन्तर थियो गाउ र शहरमा हिजो  पनि

अन्तर धेरै छ समाजमा आज पनि हिजो पनि

 

समयसँग बदलि रहेछ हाम्रा अबस्था पनि

सोच बदलिएन हाम्रा अबस्था बदलिए पनि

 

गाउमा परिआए सहयोगका ति उठ्थे हातहरु

अचेल स्वार्थी बनेको छ हाम्रा साथका हातहरु

 

सहयोगी हातहरु कि स्वार्थका लागि उठेका हुन्छन

कि त भने  हाम्रा सहयोगी हातहरु बिकेका हुन्छन

 

अचेल उधारो चलन छोडेको छ सबै नगदमा चल्छ

नाता सम्बन्ध इष्टमित्र सबै लेनदेन फाइदामा चल्छ

 

०४/१३/२०१८

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273