योगा-योगासन

FacebookTwitterGoogle+Share

prasad
योगासन
योगासन भनेको पुरातन ब्यायाम नै हो | आधुनिक व्यायाममा विभिन्न उपकरण प्रयोग गरेर ब्यायाम गरि शरीरलाई स्वास्थ सुगठित गरिरहदा पनि फेरी पुरानै पध्दतीको योगासन पश्चिमी देशमा समेत प्रचलित भैरहेको छ | योगासनलाइ उन्नत र बिकशित बनाएर बिभिन्न नामकरण गरि आधुनिक व्यायामको संज्ञा दिएको पनि पाइन्छ | योगासन यस अर्थले पनि पपुलर भैरहेको छ कि यसमा कुनै उपकरण प्रयोग गर्न पर्दैन | बुढा देखि बच्चासम्मले सजिलै थोरै ठाउमा बसेर,उठेर र सुतेर दैनिक एक आध घण्टामा आफुलाई,स्फूर्ति ,शारीरिक र मानसिक स्वास्थ बनाउन सकिने प्रविधि नै योगासन हो |सम्पूर्ण मनुस्यले यो योगासनलाइ जीवन पध्दति गराउन सकेमा स्वंयम र समाजलाइ स्वस्थ, सुन्दर र शान्त बनाउन सकिन्छ | योगासन गर्नु भन्दा अगाडी शरिर शुध्दी गरि सकेपछी आसनको अभ्यास गर्नु बढी लाभदायक हुन्छ | योगासन शुरु गर्दा पहिला सजिला र आफुले गर्न सक्ने सुलभ आसनलाई सिध्द गर्दै जटिल आसन गर्न तर्फ लग्नु पर्दछ | प्राणायाम, शतकर्म, शतचक्र भेदन कुण्डलिनी जागरण आदि अभ्यासलाई दक्ष्य गुरु वा जानकार व्यक्तिको रेखदेखमा गर्न आबस्यक हुन्छ |

१)पद्मासन

बिधि:
कार्पेट वा दरिमा बसेर दाँया खुट्टालाई उठाएर बाँया खुट्टाको जाँघमाथि राख्ने , त्यस्तै बाँया खुट्टालाइ उठाएर दाया खुट्टाको जाँघमाथि राख्ने | मेरुदंदलाई शिधा गराएर दुवै हातलाइ घुडामाराख्ने वा दुवै हातले बाँया हात टल दाँया हात माथि गरि अन्जली बनाएर काखमा राख्ने र करिब १०मिनेत् सम्म आफ्नो इष्टदेवको ध्यान गर्ने |
लाभ:
मनको एकाग्रतामा शैक हुन्छ , कब्जियत र वातलाइ फाइदा गर्छ |

२)बध्दपद्मासन :Lotus pose

बिधि:पद्मासनमा बसेरबाँया हातलाई पिठ पछाडिबाट घुमाएर बाँया खुट्टाको औला समात्ने त्यसैगरी दाँया हात पिठ पछाडी गरि दाँया खुट्टाको औला समात्ने | कमर र रिढको हड्डी शिधा बनाएर आखा बन्ध गरि मनलाई एकाग्र बनाउने |
लाभ:
महिला र पुरुशको छाती ठुलो र सुन्दर बनाउछ |हात,काँध, छाती र पिठ भाग फाइदा हुन्छ |

३)सुखासन easy sitting pose

बिधि:दुवै खुट्टालाई एक आपसमा खप्टयाएर चाकलमाडी सजिलोसंग बस्ने र दुवै हातलाई घुडामाथि राख्ने |आखा बन्दगरी मनलाई एकाग्र गर्ने |

४)बज्रासन: pelvic pose

बिधि:
घुडा दोबारेर आफ्नो खुट्टाको कुर्कुच्चामाथि बस्ने दुवै खुट्टाको बुढी औला एक आपस छोइएको हुनु पर्दछ र खुट्टाको एडी फाटेको हुनुपर्छ |दुवै हात घुडामाठी राख्ने ,लामो सास पुरक लिदै जिउ तन्किएर रहने | अब लामो सासलिदै रेचक गर्ने र सरिर ढिला छोडने | यो क्रिया १०पटकसम्म गर्ने |

लाभ:घुडा र तिघ्रालाइ बलियो बनाउछ | खाना खाएपछि बज्रासनमा १०मिनेट बसेमा पाचन क्रिया राम्रो गराउछ र मेटाबोलिज्म पावर बढ़छ |


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273