योगा-कुण्डलिनी शक्ति serpent power

FacebookTwitterGoogle+Share

prasad
कुण्डलिनी शक्ति serpent power

योग कुन्डल्युपनिषद, अनुसार रिडको बीच भागमा इडला र पिन्गला नामका दुइ नाडीहरु बीच सुषुम्ना अबस्थित हुन्छ , यी दुइ इडला र पिन्गला नाडीलाइ सुषुम्नाका दुइ कुन्डल समान मानिन्छ | मुलाधार- चक्रमा कुण्डलिनी आत्माग्नीको तेज रहन्छ | यो प्राणीको जिबन शक्ति ,तेज समाहित भएको हुन्छ , यो प्राणीको प्रकाशमय शक्ति पूंज हो | कुण्डलीनि योगी पुरुषको लागि मोक्ष्य दायनी र सामान्य व्यक्तिलाई बन्धनको कारण हुन्छ | कुण्डलिनी शक्तिको बारेमा थुपै रिशिहरुले लेखेका छन् | स्वामी बिबेकानंदले पनि राजयोगमा पनि मुलाधार चक्रमा नै कुण्डलिनी शक्ति रहेको छ र यसमा अपार शक्ति छ भनेका छन् |
पाश्चात्य देशका मनीषी आर्थुर एवेलोनले पनि ‘द सर्पेंट पावर’ नामक पुस्तकमा कुण्डलिनी शक्तिलाइ सेक्रेट पावर मानेका छन् |त्यस्तै सर जान कुदडरफ्, डा. रेले र मेडम ब्लैट्स्की आफ्नो पुस्तकमा कुण्डलिनी लाइ सर्पाकार शक्ति जुन सुषुम्नाको भित्र ध्वनी तरंगको गोलाकार बनाउदै माथि तर्फ उछाल्दै सरिरको चक्रहरूलाई पार गर्दै सहस्रार पुर्याएर प्रचण्ड शक्तिको संचार गराउन सक्छ भनेर सहमत जनाएका छन् | कुण्डलीनि शक्तिलाइ जागृत गरेर सिद्दी गर्न सकेमा अपार शक्तिसंचित भै सरिर दिब्य कान्ति हुनुको साथै मन बांछित इच्छा पुरा गर्न सकिन्छ | उसले चाहेमा परमात्मासंग पनि सात्क्षातकार गर्न सक्छन | योगी पुरुष मात्र नभई युग पुरुष पनि बन्न सकिन्छ | कुण्डलिनी शक्तिलाई जागरण गरेर जीवन मोक्ष्य तर्फ उन्मुख गर्न सकिने कुरा योग उपनिषद्हरुमा व्याख्या गरिएको छ |
बिधि :
दुवै खुट्टाको एडिले मुलाधारको केन्द्र भागमा बल पुग्ने गरि दबाव दिदै सिधासनामा बस्ने , नाकबाट धेरै भन्दा धेरै स्वास पुरक लिने, त्यसपछि जालन्धर बन्ध लगाएर अन्तकुम्भक गर्ने |साथै मूल बन्ध गरि अपां बायुलाइ माथितिर धकेल्ने र नाविमा प्राणसम्मिलित भएको दृढ भावना महसुस गर्ने यसो गर्दा उद्दियन बन्ध लगाउदा धेरै राम्रो हुन्छ |कुम्भाकको समय तिनै बन्ध लगाईरहन पर्दछ ,एउटा निश्चित अबधि सम्म कुम्भक गर्ने अनि बायुलाई रेचक गरि बाहिर फाल्ने यो क्रियालाइ निरन्तर दिन सके प्राणोंउत्थानको क्रिया चाडो हुन् सक्छ र सम्पूर्ण चक्रलाई एकपछि एक भेदन गर्न सकिन्छ |
कुण्डलिनी शक्तिलाई जागरण गर्न त्यति सजिलो छैन | बर्सौ पनि लाग्न सक्छ | सर्बप्रथम शठ कर्म गरि सरिर शुध्दी गर्न पर्छ | त्यसपछि प्राणायाम , अनि मुद्राहरु


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273