योगा -मुद्रा…

FacebookTwitterGoogle+Share

prasad
मुद्रा gesture
योग -शास्त्रमा सयौ प्रकारका मुद्राहरुको ब्याख्या गरेको पाइन्छ | योग साधनामा मुद्राहरुको बिशेष महत्व हुन्छ | योगामा तत्वहरुको नियमन गर्नको लागि हस्त मुद्राहरुलाइ बर्णन गरिएको छ | केहि सांकेतिक हस्त मुद्राहरु यस प्रकार छन् |
१ . ज्ञान मुद्रा २.वायु मुद्रा ३. सुन्य मुद्रा ४. पृथ्वी मुद्रा ५. प्राण मुद्रा ६. अपां मुद्रा ७. अपान बायु मुद्रा ८. सुर्य मुद्रा ९.वरुण मुद्रा १०.. लिंग मुद्रा यी मुद्रामा हातका औलाको संकेतले जान्न सकिन्छ |

कुण्डलिनी जागरणमा सहायक हुने, चित्तबृतिलाइ निरोध गरेर आत्म दर्शन प्राप्त गर्ने स्थितिमा पुर्याउने केहि मुद्राहरुलाइ यहा व्याख्या गरिएको छ |

(१) महामुद्रा :

बिधि:
दुवै खुट्टा सिधागरी पसार्ने , बाया घुडा मोडेर कुर्कुच्चाले अन्डकोश र गुद्व्दारको बिचमा दवाएर राख्ने , दुवै हातले दाया खुट्टाको औलालाई समाति नुगेर बस्ने / अब पेटलाई चापेर पुरक लिएर मुलबंध र जालन्धर बन्ध लगाई भित्रि कुम्भकमा रही निधार लगेर घुदामा छुवाई दिने | यसरी बस्दा बायुलाई सम्पूर्ण शक्ति लगाई मुलाधार देखि माथितिर तान्ने | कुण्डलिनी शक्तिलाई जागृत गरि सुशुम्नामा प्रवेश गरिरहेको भावना गर्नु पर्दछ |कुम्भकको समय सक्किएपछी पहिले जालन्धर बन्धलाइ खोलि दिने र सासलाई बिस्तारै रेचक गर्ने | ठिक यहि बिधि अनुसार बाया खुट्टालाइ तन्काएर शिधा पार्ने पहिले जस्तै दाया खुट्टा मोडेर ३देखि ५ पटकसम्म अभ्यास गर्ने |

(२)त्रिबंध मुद्रा; Triband gesture

बिधि:
पद्मासनमा बसेर पुरक लिई सामान्य सास बनाएर मुलाधार बाट वायुलाई माथि उठाउने र तिनै बन्ध जालन्धर , उद्दियाँ र मूल बन्ध लगाउने शरीरभित्र भरिएको सासलाई सुशुम्नामा पुर्याउन कोशिश गर्ने , दुवै दाया बाया हात भुइमा बल दिई पद्मासन अबस्था मै भुइँबाट माथि उठाउदै आस्तरी जमिनमा राख्ने | यो मुद्रा ५ पटक सम्म गर्ने |

(३) ब्रह्म मुद्रा:Neck Yoga

बिधि:
बज्रासनमा बसी गर्धन र टाउको तल माथि दाया बाया र गोलाइमा चारी तिर घुमाउने र फेरी उल्टो तिर घुमाउने , यो क्रिया १० पटक सम्म गर्ने |

(४) अश्वनी मुद्रा :muladhar wackup

बिधि:
पद्मासन वा ब्रजासन बसेर गुदा मांसपेशीलाइ सकुचन र प्रशारण गर्दै मुलाधार चक्रमा ध्यान केन्द्रित गर्ने | यो

मुद्रा गर्दा खालि पेटमा सासलाई रेचक गरि बहिर्कुम्बकमा गर्दा लाभदायक हुन्छ |

(५)खेचरी मुद्रा:Hiper mobile Tongue

बिधि :जिब्रोलाई उल्टो दिशातिर वा भित्र पट्टि उल्त्याई जिब्रोको टुप्पोलाइ जिब्रोको मूलको मास्तिर रहेको मासुको सानो टुसामा स्पर्स गराएर राख्ने | बारम्बारको अभ्यासबाट नै यसमा सफलता पाइन्छ |

(६) साम्भवी-मुद्रा: Center Focus

बिधि:
कुनै एक ध्यानासनमा केहि क्षण आखा बन्द गरि शान्तभावले बस्ने त्यसपछि आखा उघारी सामुन्नेको रहेको ध्यानको लागि राखिएको बिन्दुलाई दृस्टी केन्द्रित गर्ने र उक्त बिन्दुलाई यथा सम्भव माथि दुवै आखिभौ को बीच दृष्टिलाई केन्द्रित गर्ने , आखा थाकेमा आखा बन्द गरि दिने र मनले कल्पना गरि ज्योतिको दर्सन गर्ने , पुन आखाखोली उक्त बिन्दुलाई आखिभौको मध्ये भागमा केन्दित गर्ने |

लाभ: सबै मुद्राहरुको अभ्यासले तन् मन, मस्तिष्क लाइ ताजगी गराउदछ | बबासिर रोगलाई निर्मुल गराउदछ |
बिशेष गरि कुण्डलिनी शक्ति जागृति गराउन सहायक हुन्छ |


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273