योगा-बन्ध र मुद्राहरु |१३

FacebookTwitterGoogle+Share

prasad

बन्ध र मुद्राहरु

बन्ध शब्दको अर्थ बन्द गर्नु, बाधनु वा कडा गरी समात्नु लाइ बुझ्नु पर्दछ | योगामा मुद्राको अर्थ भाव भन्गीमा ,सहितको आसन भन्ने बुझिन्छ | शरीरमा अवस्थित षटचक्रको परिकल्पना गरिएको छ ,त्यसलाई खोल्ने र सुप्त-कुण्डलिनी शक्तिको जगाउने उच्च बिधि मानिएको छ | हठयोगको क्रियामा यी दुवै क्रियाको बिशेष स्थान छ | योगामा मुलाधारमा -चक्रमा कुण्डलिनीको अपार शक्ति सुप्त रहेको मानिन्छ र यसैलाई जागृत गर्न सकि सिध्द गर्न सकेमा जीवात्मा र परमात्माको मिलन हुन सकिन्छ भनि योग संहितामा जिकिर गरेको पाइन्छ |

बन्ध:
योगाका बन्ध तिन प्रकारका हुन्छन | (१) मूल- बन्ध (२) जालन्धर- बन्ध (३) उद्दियाँन्- बन्ध | यी तिनै बन्धलाइ एकैसाथ लगाउनुलाई महा बन्ध भानिन्छ | बन्ध जहिलेपनि आसन गरेपछि मात्र लगाउनु पर्दछ |
वा प्राणायाम संगसंगै बन्ध लगाउदा बन्ध लगाउने शक्ति अत्यधिक मात्रा ब्रिधि हुन् सक्दछ |
यसमा के बुझ्नु पर्दछ भने मूल-बन्ध जहिले पनि जालंदर-बन्ध सगै लगाउन पर्दछ भित्रि कुम्भक बिना जालंदर बन्ध गर्दा कुनै फाईदा हुदैन | यस्तै गरि उद्दियन बन्ध गर्दा बहिर्कुम्भक गरि गर्न पर्दछ |

(१)मूल-बन्ध Root Lock

बिधि:
कुनै पद्मासन, बज्रासन सिध्हासन आदि आसनमा बस्ने | घुडालाई भुइमा छुने गरि राख्ने ,घुडाको माथि हात राख्ने ,सासलाई भित्रि कुम्भक वा बाहिरि कुम्भक गरि गुद्व्दारलाई भित्र तर्फ संकुचन गर्दै गर्दा काँधलाइ तन्काउने , हातले घुडालाई दबाउने र मुलाधार वा बिशुध्दी -चक्रमा ध्यान केन्द्रित गर्ने | सास सामान्य गरि पुन सोहि क्रिया ५ पटक्सम्म दोर्याउने |

(२) जालंदर बन्ध :Chin Lock
बिधि:

जालंदर बन्धमा स्वास नलीलाई संकुचन गरिन्छ | सासलाई भित्रि कुम्भक वा बाहिरि कुम्भक गरि शिरलाइ अलिकति नुगाएर गलालाई संकुचन गरि चिउडोलाइ छातिमा छुवाउने | मुलाधार वा बिशुध्दी -चक्रमा ध्यान केन्द्रित गर्ने अनि टाउकोलाई सिधागरी मात्र स्वास प्रश्वास गर्ने |सोहि क्रिया ५ पटक्सम्म दोर्याउने |

(३) उद्दियन बन्ध Abdominal Lock

बिधि:
यो बन्ध पेटलाई संकुचन गर्ने बिधि हो | यो क्रिया खालि पेटमा गर्नु पर्दछ \ भित्र रहेको सम्पूर्ण सासलाई रेचक गरि बहिर्कुम्भक गर्ने र पेटलाई पुर्णरुपमा भित्र तर्फ धकलेर खोक्रो बनाउने र मनिपुरक वा बिशुध्द चक्रमा ध्यान केन्दित गर्ने | पुन सामान्य स्थितिमा आउने र यो क्रिया ५ पटक्सम्म दोर्याउने | यो बन्ध अभ्यास गर्नु भन्दा पहिले अग्निसार क्रिया गर्दा यो क्रिया गर्न सजिलो हुन्छ |

महाबन्ध whole Lock

बिधि:
सम्पूर्ण बन्धलाई एकै पटक बन्ध गर्दा महाबन्ध हुन जान्छ | यो क्रिया गर्दा लामो सास पुरक गरेर पुरै सासलाई रेचक गर्ने र एकै साथ गुद्व्दार , पेट र घांटीलाई दृढता पुर्वक संकुचन गर्ने अर्थात मूल बन्ध ,उद्दियन बन्ध र जालंदर बन्ध एकसाथ लगाउने | महाबन्ध लगाइरहेको बेला मुलाधार , मणिपुर , र बिशुध्दी चक्र मा ध्यान क्रमश: केन्द्रित गर्नु पर्दछ | तत्पश्चात पहिले पहिला उद्दियन ,अनि मुल- बन्ध र सबैभन्दा पछाडी जालन्धर बन्ध लाइ खोलेर मात्र सास लिन पर्दछ | यो क्रिया ५ पटक्सम्म दोर्याउने |


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273