योगा-प्राणायाम |१२

FacebookTwitterGoogle+Share

prasad

प्राणायाम

प्राणायाम संस्कृत शब्द प्राण र आयाम को संयुक्त रुप हो / प्राणको अर्थ जीवनशक्ति हो जसले हाम्रो शरीरलाई जीवित बनाइ राख्छ / आयामको अर्थ हो बिकाश तथा नियन्त्रण हो / त्यसैले प्राणायाम शब्दले जिवन शक्तिको बिकाश र नियन्त्रण गर्ने क्रिया भन्ने बुझ्नु पर्दछ / प्राणायामलाइ श्वास बिज्ञान भन्दा पनि हुन्छ / यस विज्ञानको वरिपरी जीवन प्रणाली घुमिरहेको हुन्छ / श्वास प्रक्रिया नै जीवनको केन्द्र बिन्दु हो भन्ने कुरामा कुनै बिबादै छैन /

प्राणायामका तिन बिधि हुन्छन /
१ . पुरक : सास भित्र लिनु /
२. रेचक : सास बाहिर छोड्नु /
३.. कुम्भक : सास रोकिराख्नु
३ (क)भित्रि कुम्भक :जब सासलाई भित्र लिएर केहि समयसम्म रोक्ने काम हुन्छ त्यसलाई भित्रि कुम्भक भन्दछन /

३(ख) बाहिरि कुम्भक : जब सासलाई बाहिर फ्याकिसकेपछी केहि समय सास बिहिन अबस्थामा रहनु क्रियालाई बाहिरि कुम्भक भनिन्छ /
यस्तै प्रकारले सासलाई भित्र लिने र केहि बेर भित्र रोकी फेरी बाहिर सास छोडने र केहि बेर सास बिहिन हुने, वा सासलाई पुरक गर्ने र भित्रि कुम्भक गर्ने अनि त्यसपछि सासलाई रेचक गर्ने फेरी सासलाई बाहिरि कुम्भक गर्ने विधिलाई नै प्राणायाम भनिएको छ /
१३ किसिमको प्राणायाम योगामा व्याख्या गरिएको पाइन्छ / ति यस प्रकारका छन् : (१) सरल (२) समवेत (३)सहित (४) अतिरिक्त (५) नाडी-शोधन (६)शितकारी (7) शितली (८)भ्रामरी (९)उज्जायी (१०)भस्त्रिका (११) सुर्य-भेदन (१२ ) मूर्च्छा र (१३) प्लाविनी
तर यहा केहि प्रचलित प्राणायामलाइ मात्र ब्याख्या गरिएको छ /

(१) सरल प्राणायम :

चन्द्र प्राणायाम : Left Nostril Breathing

बिधि:
-दाया हातको बुढी औलाले दाया नाकको प्वाललाइ बन्द गर्ने /बाया नाकको प्वालबाट बिस्तारै पुरक सास लिने ,साहिली औलाले बाया नाकको प्वाल पनि बन्द गरि केहि छिन सास लाई रोक्ने वा भित्रि कुम्भक गर्ने /बायै प्वालबाट बिस्तारै सासलाई छोडने वा रेचक गर्ने /साहिली औलाले पुन बाया प्वाललाइ बन्द गर्ने र बाह्य कुम्भक वा सास रोक्ने / यसरी चन्द्र प्राणायाम एक चक्र पुरा हुन्छ, यो चक्र ५ देखि १० पटक सम्म गर्न उपयुक्त हुन्छ /

सुर्य प्राणायाम: Right Nostril Breathing

बिधि:
-दाया हातको साहिली औलाले बायानाकको प्वाललाई बन्द गर्ने / दाया नाकको प्वालबाट बिस्तारै पुरक सास लिने /बुढी औलाले दाया नाकको प्वाल बन्द गरि क्षमता मुताबिक सासलाई भित्रि कुम्भक गर्ने अर्थात सास रोक्ने / बाया नाकको प्वाल बाटै बिस्तारै गहिरो रेचक गर्ने वा सासलाई बहिर्गमन गर्ने , बुढी औलाले पुन नाक बन्द गरि बाहिरि कुम्भक गर्ने / यसरी सुर्य प्रानायामको एक चक्र हुन्छ / यसरी यो चक्र पनि ५ देखि १० पटक सम्म गर्न उपयुक्त हुन्छ /

अनुलोम विलोम प्राणायाम :Alternate Nostril Breathing)

बिधि :
-पद्मासन वा सुखासनमा कमर र पिठ्युलाइ सिधा बनाएर बस्ने -बाया हातको साहिली औलाले दाया नाकको प्वाल बन्द गर्ने .-बाया नाकको प्वालबाट सकेसम्म

सासलाई भित्र तान्ने /जब फोक्सोमा पुरा सास भरिन्छ तब एक छिन सासलाई भित्र रोकिराख्ने ,
-फेरी बाया नाकको प्वाल बुढी औलाले बन्द गरि दाया नाकको प्वालबाट सासलाई आस्तरी बाहिर निकाल्ने /जब सम्पूर्ण सासको बहिर्गमन गरिसकेपछि एक छिन बहिर्कुम्भक (सास रोक्ने ) गर्ने /
-त्यसपछि बाया नाकको प्वाल बन्द गरि दाया नाकको प्वालबाट सास लिने र केहि बेर सास रोक्ने (अन्तकुम्भक गर्ने )
-अनि दाया नाकको प्वाल बन्द गरि वाया नाकको प्वालबाट सासलाई बहिर्गमन गर्ने /
यहि क्रियालाई पुन १५ वा २० पटक दोहर्याउने /

(२)कपालभाती प्राणायाम :Frontal Brain Cleansing
बिधि :

पद्मासन वा सिद्दासनमा बसेर दुवै हातलाई घुडामा राख्ने , नाकबाट गहिरो लामो सास (पुरक )लिने /

पेटमा मिठो धक्का हुने गरि सासलाई छोटो सास ( रेचक) बाहिर नाकबाट फालने / आफुले लिएको लामो सासलाई पेटमा धक्का पुग्ने गरि धेरै पटक गरेर रेचक गर्ने बिधि नै कपालभति हो / कपालभाती गर्दा रिडको हड्डी सिधा हुनु पर्छ ,छातिको अबस्थामा संकुचन र फुल्ने हुनु हुदैन पेटमा मात्रै धक्का पुग्ने गरि गर्नु पर्छ /
यसै गरि अभ्यास गर्दै जादा १ मिनेटमा ५० देखि ६० पटक रेचक गर्न सकिन्छ / पछी पछी त १ मिनेटमा १२०पनि पुर्याउन सकिन्छ / अन्तिममा बाकि सासलाई मुखबाटै रेचक गर्ने र बाहिरि कुम्भक मै अडिने क्रमश : तिनै बन्द लगाउदै जाने /बिस्तारै कुम्भक र बन्धक क्षमता अनुसार लगाउदै जाने / क्रमैले बन्द खोल्दै पुन मुख बन्द गरि नाकाबाट लामो पुरक गर्ने / पुन: पहिलेको प्रक्रिया कम्तिमा ३ पटक गर्ने / अव्यस्त भै सकेपछी धेरै पटक पनि गर्दा हुन्छ / नया अभ्यासिहरुले कुम्भक र बन्द नगर्नु बेश /

लाभ:
कपालभातिले फोक्सो र मुटुको लागि फाइदागर्दछ / रक्त शुध्दी, सास सुध्दी, नसा र मश्तिश्क शुध्दी र माइग्रें
पेनको लागि पनि फाइदा पुग्छ / यो क्रियाले प्राणायाम र ध्यानको लागि पनि मानसिक रुपमा सहयोग पुर्याउछ /

(३)भस्त्रिका प्राणायाम : Fast Deep Breath

यस प्राणायाम श्वास प्रश्वासको क्रिया आरानेको धौकनी (आगो फुक्ने छालाको थैली ) को जस्तै छिटो छिटो हुने हुनाले यसलाई भस्त्रिका भनेको हो /

बिधि:
आसनमा बसी दुवै हात काखमा राखी मुख बन्द गरि दुवै नाकको प्वालबाट धौकनी जस्तै सासलाइ लिने र छोडने /सास लिने र छोडने प्रक्रिया वेगपुर्वक हुन् प्रदछ / सास भर्ने र फ्याक्ने क्रमलाई आवाज आउने गरि जोडसंग चलाई राख्ने / उत्साहका साथ जागर ल्याएर फुर्तिसाथ नथाकुन्जेल यसलाई गरिराख्ने ० ध्यान रहोस कि श्वास प्रश्वासको बेग बिस्तारै बढाउदै लग्ने र बिचमा बेगको शिखर सम्म पुग्ने र जसरि श्वास प्रश्वास बेग बढाइएको थियो त्यसरी नै घटाउदै जाने अन्तमा लामो लामो सास फेर्दै बिश्राम गर्ने /

लाभ :
फोक्सोको ब्यायाम हुनुको साथै फोक्सो बलियो हुन्छ /यसले नाक र छातीको रोग लाग्नबाट जोगाउछ /

(४) भ्रामरी प्राणायाम : Humming Bee Breathing

बिधि :
० कुनै एक शुख आसनमा बसी आफ्नो दुवै हातको बुढी औठाले दुवै कानको प्वाल थुन्ने / मुख बन्द गर्ने ,आखाको पलक बन्द गरि दुवै हातको माझि र साहिली औला आखाको पलक माथि राख्ने /
०सासलाई पुरक लिइ भर्ने र आस्तरी नाकबाटै भमरा को आवाज निकाली सास रेचक गर्ने , पुरक र रेचक गर्ने बेलामा ओठ जोडीएको तर मुख भित्र दात जोडिएको हुनु हुदैन / यो क्रिया १० देखि २० पटक सम्म गर्न सकिन्छ

लाभ:
यसले रक्तचाप र मानसिक उत्पात शान्त हुन्छ / गायकको लागि अति लाभदायक हुन्छ

५) उज्जायी प्राणायाम :Victorious Breathing

बिधि :

० आसनमा बसी सरिर भित्र रहेको सम्पूर्ण सास सिटि बजाए जस्तै गरि रेचक गर्ने /त्यसपछि दुवै नाकको प्वालबाट सुस्तरी सास लिने (पुरक गर्ने)
० पुरक सासलाई भित्रि कुम्भक गर्ने ,कुम्भक आफुलाई सजिलो हुन्जेल मात्र गर्ने , कुम्भक लिदा छाति माथि उठेको , पेट भित्र पसेको ,र सम्पूर्ण सरिरमा कडापन बनाएको हुनु पर्दछ /
० कुम्भक गरिसकेपछि रेचक वा श्वास छोडने क्रिया आरम्भ गर्नु पर्दछ /जसरी श्वास्लाई छोड्दै गइन्छ त्यसै गरि शरीरलाई ढिला गर्दै जाने / श्वासको रेचक पुरा भएपछी केहि समय स्वाभाविक श्वास लिन पर्छ /यो क्रिया ५पटक देखि १० पटक सम्म दोर्याउन सकिन्छ /
लाभ:
मुटु र फ्क्सोको बिकारलाई हटाउछ / उत्साह,क्षमता, स्फूर्ति बढ़छ / जीवन शक्तिमा बृध्दि हुन्छ /

(६) नाडी -शोधन प्राणायाम:Alternate Nostril Breathing

बिधि:
बिना तनाव रिढलाई सिधा राखी सरिरलाई ढिला बनाइ सिद्ध आसनमा बस्ने /
अब दाहिने हातको बुढी औलाले नाकको दाया प्वाल र कान्छी औलाले बाया नाकको प्वाल दबाएर राख्दा बिचका सबै औला भ्रुमध्य (निधारको मध्ये भाग ) मा रहोस / त्यसपछि जुन नाकको प्वालबाट श्वास खुलेको छ ,त्यसैबाट श्वास पुरक लिई त्यसैबाट रेचक गर्ने /यस्तो गर्दा अर्को नाकको प्वाल बन्द राख्नु पर्छ /यो क्रिया ५ चोटी दोर्याउने /फेर त्यस नाकको प्वाललाई बन्द गरेर अर्को नाकको प्वालबाट पुरक र रेचक गर्ने /यो पनि ५ चोटी दोर्याउने / यस्तो प्रक्रिया २०देखि 25 चोटी सम्म दैनिक गर्न सकिन्छ /
यस विधिमा श्वासको गति पुरक र रेचकमा समान हुन् पर्दछ /
यो प्राणायाम गर्न थालेको १ महिना पछि सोहि बिधि अनुसार पुरक लिई अन्त कुम्भक गर्ने र सोहि बिधि अनुसार रेचक गर्ने / पुरक , कुम्भक र रेचाकको समयको अनुपात १:२:२ गर्ने , त्यसलाई क्रमस १:४:२ वा १:६:४ गरेर बढाउँ सकिन्छ / कठिनाइ भएमा बल गर्नु हुदैन /

लाभ:
यो क्रियाले मानसिक तन्तुहरूलाई शोधन गर्छ / टाउको रिगाउने रोगलाई शान्त पार्छ /अशान्त मनलाई शान्त बनाइ सरिरलाई गति प्रदान गर्दछ /

(७) शितकारी र शितली प्राणायाम Cooling Breathing

शिताकारी प्राणायाम बिधि: ध्यान आसनमा बसेर जिब्रोलाई तालु संग सटाउने ,दातलाई एकापसमा मिलाउने र ओठलाइ खुला राख्दै मुखबाट शी…..” ,,,,,”…..” को आवाज निकाल्दै मुखबाट सास पुरक लिने / एकछिन

अन्त कुम्भक गर्ने र जालंदर बन्द लगाउने फेर जिब्रोलाई सिधा गरि नाकबाट सासलाई रेचक गर्ने / यस बिधि १० देखि २० पटक सम्म गर्ने /
शितली प्राणायाम बिधि:
बज्रासनमा बसी दुवै हात जाघमा राखी , जिब्रोलाई विचमा नाली पार्ने गरि गोलो पार्ने , गहिरो लामो सास जोर लगाएर मुखले शी……”….” को आवाज निकाली कुम्भक लिदै जालंदर बन्ध लगाउने , फेरी टाउको माथि उठाएर नाकबाट सासलाई रेचक गर्ने ,यो क्रिया १० देखि २० पटक सम्म गर्ने
लाभ :
यसले शरीरको ताप घटाउन मद्दत गर्दछ / प्यास लागेको कम महसुस गरौदछ /यसले रक्तचापलाई पनि लाभदायक गर्दछ /

(८) उद्गीथ प्राणायाम: chanting Pranayam

यो प्राणायाममा ओम मन्त्र लाइ जपिने गरिन्छ / यसो हेर्दा यसको अर्थ यहि नै हो भनेर भन्न सकिदैन / यसलाई बर्ण विन्यास गर्दा अ उ म लाइ मिलाएर बनेको हुन्छ / ओम शब्द हिन्दुहरुको परमात्मसंगको सम्बन्धलाइ जोडने पुलको रुपमा लिइन्छ / योगामा अ को अर्थ ब्युतिनु ,उ को अर्थ स्वप्न र म को अर्थ निद्राबस्था हो / दुइवटा ओम आवाजको बिचमा शान्त अबस्था हुन्छ /त्यस अबस्थालाई सचेत अबस्था भनिएको छ / योग शान्ख्यले अ लाइ तमस,उ लाई राजस र म लाइ सत्व गुण को संज्ञा दिएर त्यसलाई अतिक्रमण गर्दै गुणातित बन्नको लागि चेतना जागृत हुने व्याख्या गरिएको छ / अर्को व्याख्या अ लाई ब्रह्म उ लाइ बिष्णु र म लाइ शिव भनि त्रिमुर्तिहरुलाई एकै चोटि स्मरण गरिएको पनि भनिन्छ / अ लाइ वर्तमान उ लाइ अतित र म लाइ भविष्य भन्दै ध्वनी र ध्वनिरहित बिचको अबस्थालाई भुमंडल र समय भन्दा माथि मानिएको छ /

बिधि:

० रिड लाई शिधा पारि आसनमा बसेर आखा बन्द गर्ने , हातलाई घुडामा हात खुकोलो गरि राख्ने र लामो श्वास लिएर आफुलाई उद्गीथ प्रानायामको लागि तयार गर्ने /
० अब श्वासलाई लामो पुरक लिने ,अब भित्र भरिएको सम्पूर्ण श्वास्लाई लामो समय लगाएर ओम शब्दलाई मुख नखोलिकन आवाज निकाल्दै जाने जब सम्म भित्र भएको सम्पूर्ण श्वास बाहिर जादैन / एकपटक रेचक गर्दा एक पटक मात्र ओम शब्द लाइ लामो गरी जपिने गरिन्छ / मन मश्तिश्कलाइ एकाग्र बनाएर गरिएमा शरीरमा एक किसिमको भाइब्रेसन कम्पन निस्कन्छ /
लाभ:
यो प्राणायामले मन मष्तिष्कमा शान्त शुध्द आनन्दित बनाउनुको साथै मनलाई तरंगित बनाउछ,यो प्राणायाम ध्यानको लागि अति उत्तम मानिन्छ |

(१)सुर्य-भेदन (२ ) मूर्च्छा र (३) प्लाविनी यी प्राणायाम हठयोगीले मात्र गरिने प्राणायाम हो / यसलाई साधारण मान्छेले गर्न उपयुक्त हुदैन | प्रयास नगर्नु बेश हुन्छ यो प्राणायाममा तल बितल परे मृत्यु समेत हुन् सक्छ |


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273