योगा |११

FacebookTwitterGoogle+Share

prasad
शंख प्रक्षालन

यो पनि एक बिशिष्ठ धौती क्रिया हो / हाम्रो शरीरको आत आमाशयको आकार शंखको जस्तो छ / त्यसैलाई सफा गर्ने क्रियालाई शंख प्रक्षालन भनिएको हो / योग शास्त्रमा यसलाई वारिसार -धौती क्रिया पनि भनिन्छ / हाम्रो शरिर पनि एक किसिमको अव्दितिय यन्त्र हो / सबै यन्त्रहरुको बेलाबेलामा मर्मत सम्भार(overhauling) नगरे त्यसले काम गर्न सक्दैन /त्यसैले हाम्रो शरीरको आतलाइ पनि बेला बेलामा सर्विसिंग गर्नु पर्दछ /यो क्रिया गर्नु अघिल्लो रातमा सुत्नु अगाडी करिब १००ग्राम् जति किसमिस दुधमा हालेर पिउदा शुध्दी क्रियाको लागि उत्तम हुन्छ /उमालेको शुध्द मन तातो पानिमा उचित परिणाममा नुन र निबु मिलाएर यथेष्ट पानि तयार गर्ने / बात, कफ र उच्च रक्तचाप भएको मानिसको लागि नुन बर्जित हुन्छ /

बिधि :
उत्कटासन मा बसी फटाफट २ गीलासपानी पिउने र क्रमस १)उर्ध्व ताडासन, तिर्यक ताडासन, कटी-चक्रासन, तिर्यक भुजन्गासन,उदाराकर्षण यी आसनालाई १०-१० पटक दोहर्याउने / यसले पेटमा हलचल उत्पन्न गर्छ र पेटमा भएको मल फुलाउने काम गर्दछ /फेरी टन्न पानि पिउने र उपरोक्त आसन दोहर्याउने / दिशा लागे जस्तो भएपछी तुरुन्त शौचालय जाने / यदि फेरी पनि दिशा आएन भने फेरी पानि पिउने र पाद हस्तासन , धनुरासन र पवन मुक्तासन क्रिया ५-५ पटक गर्ने / यति गरेपछि मल त्याग गर्ने जान पर्ने हुन्छ / मल त्याग गर्दा गुदालाइ संकुचन र ढिला गर्दामा तलपट्टि जमेको मल पनि मल संगै निस्कन्छ / पानि जति पिउन परे पनि पिउन पर्छ र उल्लेखित आसन दोहर्याउन पर्छ / जब सम्म ५ वा ८ पटक सम्म शौच जानु पर्छ र अन्त्यमा मल आउँन छोडेपछि फेरी यथेष्ठ पानि पिउने र जिब्रोमा औलाले हालेर पानि बमन धौती गर्ने / अनि मुख नाकका संस्थानलाइ सफा गर्न जल नेती गरि , भस्त्रीका प्राणायाम गर्ने / अब शंख प्रक्षालन पुरा भयो /यसपछि च्यादर ओडी शवासनामा आधाघन्टा बिश्राम गर्ने / छिल्का सहितको मुमको दाल र आधा चामल मिसाएको खिचडीमा यथेष्ठ घ्यु हालेर खिचडी खाने /तत्पश्चात शवसनामा सुत्ने / यसरी घ्यु मिसिएको खिचडी खादा पेटमा ग्रिसिंग गरेको महसुस गरिन्छ /
बिशेष गरेर शंख प्रक्षालनको लागि गरिने योगका बिधि यस प्रकार छन् |

ताडासन :Tree pose
(१)उर्ध्व -ताडासन :
बिधि :

० खुट्टालाई बराबर मिलाएर दुवै हातको पन्जालाइ एक आपस मिलाइ टाउको माथि पन्जालाई माथि पारि स्वासलाई पुरक लिदै माथितिर कुर्कुच्चा उठाएर तन्किने /
० श्वासलाइ रेचक गर्दै दुवै मिलेको पन्जालाई टाउको माथि राख्ने र कुर्कुच्चा भुइमा टेक्ने | यो क्रिया १० -१०पटक् सम्म गर्न सकिन्छ /
(२) तिर्यक ताडासन :

बिधि :
० दुवै खुट्टा १फ़ुटको फरकमा राख्ने ,उर्ध्व ताडासनमा झैँ हातको पन्जा एक आपसमा मिलाई हत्केला माथि पर्ने गरि राख्ने |
० श्वासलाई पुरक लिदै अगाडी नझुकिकन दाया तर्फ झुक्दै जाने र श्वासलाई रेचक गर्दै हातलाई टाउको माथि राख्ने , त्यस्तै प्रकारले बाया तर्फ गर्ने / यो पनि १०-१० पटक गर्ने |

(३) कटिचक्रासन:Standing Spinal Twist

बिधि:
० दुवै खुट्टाको दुरी करिब १.५ फिट राखेर उभिने , दुवै हातको काँधलाई बराबर हुने गरि हातलाई झुन्डाएर राख्ने
० दाया हात अगाडीबाट बाँया काँधमा राख्ने ,बाँया हात पछाडी घुमाएर कमरमा राख्ने , काँधको हत्केला घोप्टो र कमरको हत्केला उत्तानो हुन् पर्दछ | यसो गर्दा गर्धन बाया काँध तिर झुकाएर खुट्टाको कुर्कुच्चालाइ हेर्ने प्रयास गर्ने | त्यसै गरि अर्को तर्फ यो क्रिया गर्ने | यो पनि १०-१० पटक गर्ने |

(४) तिर्यक भुजन्गासन:Twisting Cobra Pose

बिधि:

दुवै खुट्टालाइ १फ़ुटको दुरिमा र दुवै हातको पन्जालाई काँधसंगै हुने गरि पेटको बल गरेर सुत्ने | पन्जाको बलले छातीलाई सास लिदै पेटको नाभीसम्म माथि उठाउने र दाँया काँधको माथि टाउको घुमाएर बाँया खुट्टाको कुर्कुच्चालाइ हेर्ने | सासलाई बिस्तारै छोड्दै यथा स्थानमा आउने | त्यसै गरि बाँया तर्फ सोहि क्रिया गर्ने |
यो पनि १०-१० पटक गर्ने |

(५)उदाराकर्षण आसन :Spinal Twist

बिधि:
टुक्रुस्स बसी दुवै खुट्टा १ फुट फरकमा राख्ने, दुवै हातलाई घुडा माथि राखी दाया घुडालाई झुकाएर बाया खुट्टाको पन्जा माथि छुने | गर्धनलाई बाया तर्फ घुमाउने केहि समय अड्ने र सास छोड्दै बिचमा आउने | त्यसपछि पुन बाँया घुडालाइ झुकाएर दाया खुट्टाको पन्जा माथि गर्ने , गर्धनलाइ दाया तर्फ घुमाउने | यो पनि १०-१० पटक गर्ने

(६

६) पाद हस्तासन:hand to feet pose

बिधि
० सिधाखुट्टा हुने गरि दुवै खुट्टा परस्पर जोडाएर शिधा उभिने , सास भर्दै दुवै हातलाई शिधा माथि उठाएर घुडा नखुच्याई सास छोड्दै अगाडी निहुरीदै दुवै हातको पन्जाले खुट्टाको औलालाइ समात्ने प्रयन्त गर्ने | फेरी सास लिदै माथि आउने | यो पनि १०-१० पटक गर्ने |

(७) धनुरासन:Bow pose
बिधी:
० पेटको बलले घोप्टो परेर सुत्ने ,दुवै खुट्टालाई परस्पर जोडने र घोडाबाट खुम्च्याई जाँघको माथि पुर्याउने |
० दुवै हातलाई पछाडी लगेर खुट्टाको गोलिगाँठो नेर जोडले हातले समात्ने | सासलाई पुरक लिदै घुडा र छाती माथि उठने गरि तन्किने र टाउको माथि गरि आकाश तिर हेर्ने कोशिश गर्ने | यस अबस्थालाई करिब २०सेकेन्ड सम्म राख्ने र सास छोड्दै पुर्व अबस्थामा आउने सामान्य भैसकेपछि पुन सो क्रिया दोहर्याउने यो क्रिया ५ पटक सम्म गर्दा हुन्छ |

(८)पवन मुक्तासन:Gas Release pose

बिधि:
० पिठ्युको बलमा खुट्टालाई शिधा गरि उत्तानो पर्ने ,दुवै हातको पन्जाले बलपुर्बक दाया खुट्टाको घुडा समाती सासलाई बाहिर निकाल्दै पेटमा दवाब दिने र टाउको उठाएर नाकले घुडा छुन कोशिश गर्ने | करिब १०सेकण्ड सास रोकी अड्ने र फेरी पहिलेको अबस्थामा आउने \
० त्यस्तै प्रकारले अर्को खुट्टालाइ गर्ने ,
० त्यस्तै गरि दुवै खुट्टालाई एकै चोटी पन्जाले समाती पेटमा दवाव दिदै नाकले छुने कोशिश गर्ने , त्यही अबस्थामा अगाडी पछाडी गरि हल्लिने \ यो आसन गर्नाले पेटमा भएको बायुलाई बाहिर निकाल्न सहायक हुने हुनाले यो आसनालाई पवन मुक्तासन भनिएको हो |

(9) अग्निसार क्रिया:Churning of Abdomen

बिधि
यो क्रिया करिब करिब नौली क्रिया जस्तै हो | बज्रासनमा बसी पेटलाई भित्र लैजाने र बाहिर ल्याउने क्रियालाइ अग्निसार भनिन्छ ,पुरै सासलाई रेचक गरिबाहिरि कुम्भक गरि पेटलाई संकुचन र प्रसारण ४० -५०चोटि गर्ने \ यो क्रिया ५ पटक दोर्याउने | यो क्रियाले पनि शंख प्रक्षालनको लागि सहायक हुने हुनाले यहा राखिएको छ |


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273