बन्ने भए देश बनाउथे आफ्नै देश बसेर

भाग्न पर्यो गुण्डाराज सिंडीकेटले कसेर

 

भए भरका दलालै  इमान छैन कसैको

नेता जती फटाहा गुण्डा के हुन्छ बसेर

 

धेरै जसो कर्मचारी घुस्याहा मात्रै छन

रक्षक नै भक्षक छन् के हुन्छ र बसेर

 

काम बन्दैन कुनै पनि घुस नदिई कन

यिनको पारो देख्दा के हुन्छ र बसेर

 

कानुन एकातिर, कामकुरो अर्कैतिर

ठग्ने भन्दा अर्को छैन के हुन्छ र बसेर

०६/१९/२०१८

Leave a Reply