अध्यात्मको बाटोमा ( प्रारम्भ बिन्दु
म साइन्सको बिद्यार्थी थिए ्र आधा जीबन एउटा प्रगतिशील बिचार र भौतिबादी चिन्तन बोकेर हिडेको मानिस हुँ म । म जहिले पनि भौतिकवादको पक्ष्यमा उभिई रहे । ५० वर्ष पुग्दा नपुग्द,ै म लिभर सिसोसिस भएर मेरो जीवन सिध्दीइ सकेको थियो । मलाइ लिभर सिरोसिस भएको कुरा पुर्ब कुनै जानकारी थिएन । अकस्मात बेहोस भएपछी अस्पताल पुर्याइएको थियो । हप्तौसम्म कोमामा प्राण अल्झेर पनी फेरी फिर्ता भए । कोमामा गएर भेन्टीलेटरबाट फर्किनु भनेको त्यसै पनी आश्चार्यजनक कुरा थियो । त्यसमा पनी डाक्टरले बाच्ने सम्भावना अन्त्यन्त कम भएको हुनाले परिवारलाई अन्तिम पटक भेटन आउनको लागी टेलिफोनबाट घरमा फोन गरेकोले मृत्यु निश्चित जस्तै थियो । त्यस अबस्थाबाट बाच्नु भनेको अपत्यारिलो र चमत्कारी हुन पुगेको कुरा मेरा आफन्त र नजिकका मित्रहरुबाट लुकेको छैन । अस्पतालबाट डिस्चार्ज भएपछी परीवारले मेरो अबस्था के थियो भनेर नसुनाए पनी, डाक्टर र साथीभाइबाट त्यस्तो अबस्थाबाट गुज्रेको मलाइ अबगत भएको थियो ।
करिब तिन बर्षसम्म उक्त रोगबाट पाउनसम्म दुख पाए । धेरै पटक मृत्युको मुखमा पुगेपनी कलेजो प्रत्यारोपण भएर म आजको अबस्थामा बाच्न पाएको छु, यस धर्तीमा ्र धेरै कुण्ठा छन । धेरै जिज्ञाशा छन । धेरै पश्चाताप छन । जीवनका धेरै अनुभूति छन । ससाना सहयोगले कसैको जिबनमा ठुलो परिबर्तन गर्न सक्ने अबस्था थियो होला । गर्न नसकेकोमा दुःखी छु । कसैलाई गरेको सहयोग वा पुण्यले होला । आपत बिपत पर्दापनी एक एक गर्दै जीवनका बाटाहरु खुल्दै गरे । आफुले सोच्दै नसोचेको मान्छेको कलेजो छातीभीत्र लीएर बाचेको छु । कतिखेर त म भित्र पनि दुइटा मान्छे अनुभूति हुने गर्छ । छाती चसक्क गर्दा पनि कलेजो दिने जिबनदातालाइ सम्झने गर्छु । मान्छेको जीबनको के भरोशा हुन्छ र ? अप्रत्यासित रुपमा यो संसार छोडेर जो कोइ पनि जान पर्ने हुन्छ । त्यसमा पनि कलेजो फेरेको मान्छे । त्यसै पनि मन अत्यासिने स्वभाविकै हो भन्ने लाग्छ, मलाइ ्र
मेरा आफ्ना कुरा लगभग सारांशमा भएपनी “कलेजो फेरेको मान्छे” पुस्तकमा लेखी सकेको छु । मैले मृत्युलाई धेरै नजिकबाट देखेको छु । भोगेको छु । आत्मसात गर्न पाएको छु । जो सुकैलाई पनि लाग्न सक्छ । अमेरिका जस्तो भौतिक सम्पन्नता र यति धेरै बैज्ञानिक प्रवृधी भएको देशमा कलेजो प्रत्यारोपण गरेर बाच्न पाउनु सजिलो होला भन्ने लाग्न सक्छ तर सबैले सोचे जस्तो सजिलो पनि छैन । अमेरिकामा स्वास्थ्य उपचार असाध्यै महँगो छ । त्यो जुटाउन नसक्ने अबस्थामा झनै गाह्रो थियो । सरकारी स्वस्थ बिमामा भर पर्नु सिवाय अर्को उपाए पनी थिएन । मेरो पनी त्यहि अबस्था थियो । यहाँ पनी अर्गन प्रत्यारोपणको पर्खाइमा २० प्रतिशत भन्दा बढी रोगीको मृत्यु हुन्छ । जती सुकै प्रबिधि बिज्ञान भए पनी काललाई जित्न कसैले सकेको छैन । यसो भनिरहदा बिज्ञान प्रविधिलाई इन्कार गर्न र असहमत हुन खोजेको हैन । यसले अन्तिमसम्म प्रयास गर्छ । यसैको प्रयासले मेरो प्रत्यारोपण सफल भएको र यथास्थितीमा आउन सकेको छु । बिज्ञान र भौतिकबादबाट पछाडी हटेको कुरा मेरा मित्रहरुले टिप्पणी गरेको कुरालाई मैले स्विकार गरेको छु । म विज्ञानको बिधार्थी थिए । बिज्ञानप्रति मेरो आकर्षण पनि थियो र आज पनी उत्तिकै छ । यसको मतलव बिज्ञानप्रती बितृष्णा छ भनेको होइन । बिज्ञान भनेको प्रमाणित तथ्यमा आधारित कुरा हो भने अध्यात्म पारलौकिक कुरा हुन । जसको प्रमाण त हुदैन तर अनुभूति अमिट छाप गहिरोसँग बनेर बसेको रहेछ, मेरो मनभित्र । यसको अनुभव तत्पश्चात मैले महसुस गर्न थाले । अध्यात्म पारलौकिक ज्ञानको भण्डार हो रहेछ । आध्यात्मिक भनेको धार्मिक मात्रै बुझिरहेको थिए, मैले पहिला । मेरो जिबनमा घटेको परिघटनाले भौतिकबादबाट बिचलित त पक्कै मलाइ बनायो ।
जन्मको आधारमा हिन्दु परिबारमा जन्मेपनी कहिले पनी धर्म, अध्यात्म, संस्कृत भाषा र हाम्रा परम्परामा भएका राम्रा पक्ष र नराम्रा पक्षको अध्ययन गरिएन । अझ भन्ने हो भने संस्कृत भाषालाइ बहिष्कार गरेर हिडियो । मेरो बुवा पण्डित हुनुहुन्थ्यो । वहांले देखाएको बाटो हिडीएन, बरु उल्टो हिडिएको थियो । वहाँले भन्नु हुन्थ्यो ः “छोरा तैले जे सुकै पढे पनी मलाइ कुनै आपत्ति छैन । यदि मान्छेको जुनी लिएर भागवतगीताको ज्ञान प्राप्त नगरिकन मर्छ भने यो मान्छे यो सांसारिक पापबाट मुक्त कहिले हुन सक्दैन । हरेक पटक भागवतगीता पाठलाई दोहर्याउदा, प्रत्येक पटक नयाँ ज्ञान र अर्थ परिभाषित हुन्छ । हुन त अठार पुराण छत्तिस उपनिसद छन । तर ति सबै बृहत पुराण एकातिर राखी हेर्ने हो भने यो सुक्ष्म भागवतगीताको वजन भारी छ । यो साक्षात् भगवान श्रीकृष्णको मुखारबिन्दु बाट प्राप्त ज्ञान हो” ।
मेरो बुवा म बाइस बर्ष हुँदा स्वर्गवास हुनुभएको थियो । वहाँले भन्नु भएको थियो । अब म जाने बेला भयो । तुलसीको मठमा गाइको गोबरले लिप र कुशासनको गुन्द्री बिछाउ, मलाइ मैरिमा सारेर सबैले तुल्सिपत्र राखी जल मेरो मुखमा राखिदेउ भन्नु भयो र सबै परिबारले जल मुखमा राखी दिएपछि अन्तिम पटक सो जल ग्रहण गरि परलोक हुनु भएको थियो । मैले अहिले सम्म कसैको यस्तो जागृत अबस्था मृत्युबरण गरेको देखेको छैन । वहांले परिवारजनलाई शोक नगर्नु भन्दै जागृत अवस्थामा मृत्यु बरण गर्नु भएको थियो । अब आएर मैले जागृत अबस्थामा मृत्यु बरण गर्नु र सो मृत्युलाइ खुशीसाथ आत्मसाथ गर्नुको रहस्य बुझ्न कोशिस गरेको छु । बुझ्दै छु ।
“ज्ञान मर्दछ हाँसेर रोइ बिज्ञान मर्दछ” सायद बालकृष्ण समले लेखेको कविताको पंक्ति हो भन्ने लाग्दछ । बिज्ञानको आविष्कार लोक कल्याण हेतु हुनु पर्छ । सज्जन र ज्ञानी पुरुषको हातमा त्यो आबिष्कार पुग्यो भने त लोकको कल्याण पक्कै हुने छ । तर भष्मासुर जस्तो शासकको हातमा पर्यो भने त्यस्तो व्यक्तिले मानव बिनास गर्न पुग्दछ । त्यसको ज्वलन्त उदाहरण हो आणविक आविष्कार जसको सकारात्मक प्रयोग भनेको त्यसबाट उत्पन्न हुने उर्जा मानव कल्याण हेतु प्रयोग हुदा मानव समाजले लाखौ मानिसले जिबन उपयोगी उत्पादनमा खर्च गर्न सकिन्छ । तर त्यहि उर्जा दुष्ट शासकको हातमा पुग्यो भने मानव र प्रकृतिको विनास गराउन सक्छ । बिज्ञान भनेको साधन हो । जसको हातमा पुग्दछ उसको बुद्दि अनुसार प्रयोग हुन्छ । त्यसैले बिज्ञान रोयर मर्छ भनेका हुन कविले । पुर्बिय दर्शनमा बिज्ञान नभएको होइन, तर त्यहि आविष्कार मानव र प्रकृतिको बिनास नहोस भनेर नै त्यसको उन्नतीलाई रोकिएको थियो । करोडौ बर्ष अगाडी हाम्रा ऋषि मुनिले ग्रह गोचर बार नक्षत्र, चन्द्र सुर्य ग्रहण जुन अनुसन्धान गरेका थिए ।
त्यसैको अनुसरण गरेर आधुनिक खगोल बिज्ञ बैज्ञानिकले हप्तामा सात दिन बनाएका छन । बार र महिना बनाएका छन । एक बर्षमा ३६५ दिन बनाएका छन । तिनीहरुले हप्तामा आठ दिन किन बनाएनन, । ४०० दिनको बर्ष पनि बनाउन सकेनन । बर्षमा १३ महिना पनी बनाउन सकेनन । त्यसैले पूर्वीय दर्शनबाट पश्चिमका बैज्ञानिक धेरै अनुसरण गरेका छन । त्यहि ऋषि मुनिको आध्यामिक ज्ञानबाटै प्राप्त भएको थियो । त्यहि ज्ञानको प्रकाश भनेको अध्यात्म हो । अध्यात्मलाइ जान्नु भनेको सारा ब्रह्माण्डका जड, भौतिक, अभौतिक, चेतन, अचेतन, ग्रह गोचर दृश्य अदृश्य शक्ति र प्राकृतिक नियमन र आत्मा परमात्माको अस्तित्व ज्ञान हो भन्ने बुझ्नु पर्दछ ।
अध्यात्म भनेको ज्ञानको महासागर हो । जसरि आकाशलाइ आक्न सकिदैन । त्यसै गरी आध्यात्मको ज्ञान बिशाल र बिराट छ । अतएव बिज्ञान भनेको अध्यात्मको एक आंशिक सन्तान हो भन्ने कुरामा बिस्वस्त हुन पुगेको छु । भौतिकबाद त अध्यात्मबादबाटै सिर्जित भएको दर्शन हो ्र भौतिकबाद भनेकै बिज्ञान हो । यसले भौतिक बस्तुको अध्ययन अनुसन्धान गर्नु र त्यसको अस्तित्वलाई मान्नु हो भने अध्यात्मबाद भनेको पराभौतिकबाद अर्थात पदार्थ र पदार्थ भन्दा परको परम ज्ञान हो । अझ भन्ने हो भने बिज्ञानको मूलजड अध्यात्मबादबाट शुरु हुन्छ । जबसम्म मान्छेको दिमागमा बिचार जन्म हुदैन तबसम्म कुनै आविष्कार हुनै सक्दैन । त्यो बिचारको बिज भनेको अध्यात्म हो । बिचार भनेको भौतिक बस्तु होइन । त्यो बिजको बिकाशले मात्र यस जगतमा नयाँ कुराको प्रार्दुर्भाव हुन्छ । नविनतम कुराको खोज र आविष्कार सम्भव हुन्छ । यो ध्रुबसत्य हो । अध्यात्म भनेको धर्म र सम्प्रदाय होइन । धर्म भनेको अध्यात्म पनी होइन । मानिसहरुले धर्मलाई अध्यात्म हो भनेर संकुचन बनाएका छन । त्यो कुरा सरासर झुट कुरा गरेका छन, भन्ने मलाइ लाग्दछ ।
अध्यात्म भनेको सम्पूर्णता हो । अध्यात्म भनेको परमात्मा र उसबाट रचिएको ब्रह्माण्डको श्रीष्टि र प्रकृतिका नियमन वा आकर्षणका विनियमहरु हुन । धेरै मान्छेले धर्म र अध्यात्मलाइ एकै तराजुमा तौलने गर्दछन ्र यी दुवै कुरा आकाश जमिनको अन्तर छ र फरक हुन भन्ने कुरा मैले महसुस गरेको छु । परमात्म परमेश्वरको अस्तित्व स्विकार्नु अनुभूति र सामिप्य हुन खोज्नु र जीवन र जगतको यथार्थ ज्ञान प्राप्त गर्नु नै अध्यात्मलाइ आत्मसात गर्नु हो । जगत र जीवप्रति सकारात्मक र समान दृष्टिकोण बनाउदै र ब्यबहारमा उतार्न आबस्याक छ । मान्छे भौतिक सम्पन्नताको आहाल खेली रहदासम्म पनि उ सन्तोषको सास फेर्न नसकेको देखिरहेका छौ । चाहिने भन्दा धेरै सम्पन्नता बटुले पछी पनी स्वभाव परिवर्तन गर्न नसकेर पापकर्म गरि रहेको देखिन्छ ्र
त्यस्ता प्रवृतिका मान्छेहरुले अध्यात्मलाई धर्मको पाखण्ड बोकेर समाजमा आफुलाई धार्मिक देखाउन पनी पछी पर्दैनन । आफुलाई अध्यात्मबादी हुँ भन्न पनी पछी पर्दैनन । संकृत पढेका मान्छे नै धार्मिक र आध्यात्मिक हुन्छन भन्ने मान्यता पनी छ । हाम्रो समाजमा । तर त्यस्तो होइन । पण्डितहरुले उपनिसदका रोमान्टिक कथा बाचन गरेर आफुलाई महान धार्मिक र आध्यामिक भएको ठान्दछन । ति उपनिसद भनेको प्राचिन साहित्यकारका साहित्यिक उपन्यास हुन । ती उपन्यासका कथालाइ धर्म ग्रन्थ मानेर हिड्यो भने हाम्रो पुर्बिय दर्शन नै कलंकित पुग्दछ भन्ने ठान्दछु मैले । ती कथासँग अध्यात्मको कुनै साइनो छैन ।
जिबनमा घटेको एउटा परिघटनालबाट शृजित अबस्थाले मेरो अन्तर्मनमा अध्यात्मिक चिन्तन, रुची बिकसित भएको अनुभव गरे । यस मार्गमा त्यति ठुलो शिक्षा र अध्ययन नभए पनी अध्यात्मको बारेमा खोज्ने जान्ने आफ्नो बुद्दि क्षमताले बुझ्ने कोशिश गरेको छु ।
बास्तवमा धर्म के रहेछ ? कसरी अध्यात्म र धर्म उत्पत्ति भएको रहेछ ? धर्मलाई राजनीति बनाएर अधिकांश राष्ट्रका शासकले समाजमा शोषण कसरी गरिराखेका रहेछन ? मान्छे मान्छे बीच धर्म र जातमा विभाजित गरेर मान्छेले मान्छेलाई पशु सरह अधिनमा राखी शासन गरेका रहेछन ? हिन्दु मात्रै हैन, संसारमा बिभिन्न धर्महरु छन । तीनिहरू आफ्नो इष्टदेबको आराधना र पुजा गर्दछन । अरुले मान्ने गरेका देवता र अरुको अस्तित्वलाई स्विकार गर्दैनन र आफ्नो धर्म नै असल र ठुलो भन्ने ठान्दछन । मौका परे अर्को धर्मका अनुयायीलाई आक्रमण गर्न समेत पछि पर्दैनन । तर पनी यी धर्म मान्नेहरु बिचमा यस्ता मानिसहरु पनी भेटिन्छन जसले यो जगत र जीवनलाई समान रुपमा देख्दछन र यो प्रकृतिलाइ माया गर्दछन । जसले सम्पूर्ण मानवसेवा नै धर्म हो भन्ने भाव राख्दछन ।
सम्पूर्ण प्राणी जगतप्रती करुणाभाव राख्दछन । जीवनको उत्तरार्धमा आएर अध्यात्म बारेमा बुझ्न र खोज गर्ने प्रयास गरेको छु । यसबारे मनन गर्न बुझ्न अन्तर्मनमा यसको भाव स्थापित गर्न मन बचन कर्मले सारा जगत जीवनप्रती साक्षीभावले हेर्न थालेको छु र आफुलाई पाप मुक्त गराउन प्रयत्न गरेको छु । बुवाले भने जस्तै संस्कृत त्यति नबुझे पनी भागवतगीताको ज्ञानलाई भाषा टिकाको मद्दतले आत्मसात गर्ने जमर्को गरेको छु । आफ्नो मन बुद्दी आत्मालाइ शुध्दिकरण गर्न सकारात्मक चिन्तन अबलम्बन गर्दै अध्यात्मको बाटोमा अग्रसर भएको छु ्र
संसारमा धेरै यस्ता उदारहण छन जुन कुरा कम पढेका मानिसले धेरै पढेका (सर्टिफिकेट धारी) ले भन्दा ठुला ठुला अन्वेषण अनुसन्धान र ज्ञान पराक्रम देखाएका छन । शिक्षा स्कुल कलेजबाट प्राप्त सकिन्छ । तर ज्ञान आत्माबाट प्राप्त हुन्छ । ज्ञान भनेको जिबन पर्यन्त साथ दिने सामर्थ हो भने शिक्षा (सर्टिफिकेट) केहि समयसम्म तलब थाप्ने साधन मात्रै हो । त्यसपछि त्यो कागजको टुक्रा हो । मैले शिक्षित व्यक्तिलाई अपमान गर्न खोजेको होइन । सबै शिक्षित मानिसहरु बुद्धिमान र असल हुदैनन् भन्न खोजेको मात्र हो । शिक्षित व्यक्तिमा शिघ्र आत्मज्ञान प्राप्त गर्न सक्ने क्षमता हुन्छ । तर उसले प्राप्त गरेको शिक्षाको घमण्डले त्यो आत्मज्ञानबाटै सदा टाढा बनाउने प्रयास गर्दछ । त्यसैले शिक्षित र ज्ञानी व्यक्तिको पहिचान उसले गर्ने ब्यबहारमा भर पर्दछ । म बिध्दान भएर दर्शन छाटन पटक्कै खोजेको छैन । मेरो बुद्दिले ठम्याएको, बुझ्न कोशिस गरेको र आफुलाई लागेको बिचार समेत समेटेर एउटा सानो प्रयास स्वरुप अध्यात्मको बाटोमा अग्रसर हुने क्रममा छु । मैले क्रमश ः अध्यात्मको बाटोमांंंशिर्षकको स्तम्भ लेख्दै गएको थिए । त्यही कलमलाई पुस्तकरुपमा आकार दिन कोशिस गरेको छु । यस पुस्तकमा धेरै कमि कमजोरी पक्कै छन । यहाँहरुको सल्लाह सुझाबको शिरोधार्य अबस्य गर्ने छु ।

 

Leave a Reply